• होमपेज
  • प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल
गण्डकी प्रदेश

प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल

गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट आफू बाहिरिनुपर्ने भएपछि संसद विघटनको सिफारिसको प्रयास गरे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रयास असफल भएको छ ।

गुरुङले मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्याउने तयारीका साथ मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएका थिए ।

विज्ञापन

मुख्यमन्त्री निवासमा सबै मन्त्री जम्मा हुँदै गर्दा यता, विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख सीता पौडेलको निवासमा धर्ना दिएको थियो ।

धर्नाका लागि शुक्रबार समर्थनसहित हस्ताक्षर बुझाएका ३१ जना सांसद नै उपस्थित थिए ।

विपक्षीको दबाबपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङको योजना तुहिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook