• होमपेज
  • रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब
अर्थ खबर

रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

काठमाडौं- चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिना (साउनदेखि चैत मसान्तसम्ममा) अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार ९ महिनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको हो। बैंकका अनुसार ९ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

विज्ञापन

गत वर्ष २०७६/०७७ को सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भइ ६ अर्ब १९ करोड पुगेको छ । गत वर्ष  अमेरिकी डलर आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्स रकम बढेपनि वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारको संख्या भने घटेको छ।

९ महिनामा विदेश जानका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेकाे संख्या १०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा  पुनः श्रम स्वीकृति लिनेको संख्या  १५.० प्रतिशतले घटेको थियो ।

९ महिनाकै अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भइ ८ खर्ब १४ अर्ब ३६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook