पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन ।
विज्ञापन



कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यो सँगै पर्वतमा कोरोनावाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु