• होमपेज
  • पर्वतमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेश

पर्वतमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कुश्मा नगरपालिकाका ९ जना र महाशीला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाशीला गाउँपालिकाका दुई जना २६/२६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ भने कुश्मा नगरपालिकाका ५३,२९, १८,३३, ३८ र २४ वर्षिय पुरुष तथा ४४, २७ र २३ वर्षिया वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । सवै जना कन्ट्राक्ट टे्रसिङमा परेको निर्देशनालयले जनाएको छ । सवै संक्रमितलाई आईशोलेशनमा लैजाने तयारी भएको पनि निर्देशनालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook