• होमपेज
  • नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..
देश/प्रदेश

नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..

काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए ।

विज्ञापन

वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेको डीएसपी खड्काको भनाइ छ । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् ।

पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook