• होमपेज
  • चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन
समाचार

चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन

काठमाडौं– सत्तारुढ नेकपाभित्रको विवाद साम्य पार्न चिनियाँ राजदूत होउ यान्छीले सक्रियता देखाएको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

यान्छीले कूटनीतिक मर्यादाविपरीत सक्रियता जनाएको भन्दै नेविसंघले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको हो । राजदूत यान्छीले पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटघाट गरेकी छिन् ।

विज्ञापन

एकपछि अर्को गरी नेकपाका नेताहरुसँग भेटवार्ता गरेपछि नेविसंघले दूतावासअगाडि प्रदर्शन गरेको हो । नेविसंघका कार्यकर्ताले कूटनीतिक मर्यादाविपरीत सक्रियता नदेखाउन आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook