राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस उठेको छ। आजको बैठकमा राष्ट्रिय सभा सदस्य महेशकुमार महराले गणतन्त्र स्थापनाका क्रममा विस्थापित भएका शिक्षकहरूको राज्यले व्यवस्थापन गर्नुपर्ने बताए। ‘संघीय गणतन्त्र नेपालको पक्षमा आवाज उठाएको आधारमा उहाँहरू विस्थापित हुनुभएको छ,’ उनले भने, ‘उहाँहरूको पनि परिवार छ। जीवन धान्ने सवाल छ। उहाँहरूलाई पुनर्स्थापना गर्न सकिएन भने ठूलो अन्याय […]