Breaking News

ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीले विभिन्न माध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रस्तावहरु पठाउन थालेका छन् । नेपाल खेमामा रहेका नेताहरुमार्फत् ओलीले नेपाललाई प्रस्तावहरु पठाइरहेका हुन् । ओलीले ६ बुँदे एकता प्रस्तावमा २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठनलाई लाने शर्तसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले उक्त प्रस्ताव बालुवाटारमै नेपालनिकट […]

  • ४ years अगाडि
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी

काठमाडौं । सिन्धुपाल्चोककोमेलम्ची र ईन्द्रावती नदीमा मंगलवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बाढीमा परी सात जनाको मृत्यु भएको बताए । अन्य के कति मानविय क्षति भयो भन्ने पुरा विवरण आइनसकेको उनले बताए । बाढीमा परी मानिसहरु बेपत्ता भएका छन् । बाटो, सडक, पुल तथा […]

  • ४ years अगाडि
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने

काठमाडौ । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने […]

  • ४ years अगाडि
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ। नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्। देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष […]

  • ४ years अगाडि
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ […]

  • ४ years अगाडि
ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलन
ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलन

काठमाडौं । ‘म मात्र राज्य हुँ’ भन्ने अहंकारले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आफ्नै दलभित्रको घेराबन्दीमा पर्नुभएको छ । ओलीलाई देखाइदिने भन्दै विपक्षीहरूले गठबन्धन बनाएर मोर्चाबन्दी कसेका छन् । आफ्नै दलभित्रका प्रभावशाली नेताहरूलाई बाइकट गर्ने नीतिले केन्द्र र प्रदेश सरकारमा ओली खेमाको शक्ति क्षीण बन्दै गएको छ । कांग्रेसले सपनामा पनि पाँच वर्ष सरकारमा […]

  • ४ years अगाडि
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत […]

  • ४ years अगाडि
प्रधानमन्त्री निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको पाँच पूर्वप्रधानमन्त्रीको ठहर
प्रधानमन्त्री निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको पाँच पूर्वप्रधानमन्त्रीको ठहर

पाँच पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको आरोप लगाएका हुन् । ‘नेपाली जनताको लामो र कठोर संघर्ष तथा […]

  • ४ years अगाडि
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

काठमाण्डाै – गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा  अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ […]

  • ४ years अगाडि
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो […]

  • ४ years अगाडि
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका  एमालेका  चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई  पुनर्बहाली गरेको हो । उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले […]

  • ४ years अगाडि
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने निर्णय सुनाएको छ। एमालेले फ्लोर क्रस गरेको भन्दै प्रदेश सभा सदस्य पदबाटै हटाएका कर्णाली प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पुनर्वहाली गर्न आदेश दिँदै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै […]

  • ४ years अगाडि