Breaking News

कुश्मामा आएको एलपी ग्यास बाटोमै व्यापारीको कब्जामा, प्रशासन पुग्दा सिलिन्डर गायब
कुश्मामा आएको एलपी ग्यास बाटोमै व्यापारीको कब्जामा, प्रशासन पुग्दा सिलिन्डर गायब

पर्वत । पर्वतको कुश्मा बजारमा उपभोक्ताका लागि आएको एलपी ग्यास बाटोबाटै व्यापारीले नियन्त्रणमा लिएर अन्यत्र लुकाएको आरोप लागेको छ। ग्यासको अभाव चर्किरहेका बेला कुश्माका लागि आएको ग्यासको गाडी नै बाटोबाट नियन्त्रणमा लिएर सिलिन्डर अन्यत्र सारिएको बताइएको हो। कुश्माका लागि आएको ग्यासको गाडीलाई स्नेहा किराना पसलका सञ्चालक डाँसिराम अधिकारीले बाटोबाटै नियन्त्रणमा लिएर अर्को गाडीमा सिलिन्डर लोड […]

  • ७ घन्टा अगाडि
पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो
पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो

कुश्मा, पर्वत । पर्वतको कुश्मा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता समस्यामा परेका छन्। बजारमा ग्यासको अभाव देखिए पनि केही पसलमा ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको छ। कुश्मा नगरपालिका–स्थित प्रगति चोकमा रहेको स्नेहा किराना पसलमा सोमबार मात्रै करिब ४० वटा ग्यास सिलिन्डर अन्यत्र सारिएको पाइएको छ। पसलमा ग्यास उपलब्ध हुँदाहुँदै उपभोक्तालाई बिक्री […]

  • १ दिन अगाडि
कालीगण्डकी दैनिकका सम्पादक तथा अधिवक्ता शर्माद्वारा बाढि पीडितका लागि १ लाख ५ हजार सहयोग
कालीगण्डकी दैनिकका सम्पादक तथा अधिवक्ता शर्माद्वारा बाढि पीडितका लागि १ लाख ५ हजार सहयोग

पर्वत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अधिवक्ता भोलानाथ शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन्। विपद्को कठिन अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले शर्माले एक लाख रुपैयाँ सहयोग गरेका हुन्। बैंकमा रकम जम्मा गरेको भौचरअनुसार उक्त रकम बाढीपीडितको राहतका लागि प्रदान गरिएको हो। अधिवक्ता शर्मा वकालत मिडियाका प्रधान […]

  • १ दिन अगाडि
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कुस्मा, पर्वत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुस्मा नगर समिति महिला विभागको आयोजनामा हरितालिका तीज–२०८३ को अवसरमा ‘कृत्रिम बुद्धिमता : अवसर र चुनौती’ विषयक अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कुश्मा नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा इसिका पुरी प्रथम भएकी छन्। त्यस्तै काफलचौर माध्यमिक विद्यालयका छात्र खुशीमान […]

  • २ दिन अगाडि
पर्वतका २ जनाको उद्दार
पर्वतका २ जनाको उद्दार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै म्याग्दी र लमजुङका चार–चार जना छन्।् । म्याग्दीका २५ वर्षीय प्रदीप प्रजा, ३५ वर्षीय विमल पुर्जा, ४७वर्षीय रामगोपाल […]

  • ३ दिन अगाडि
सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु
सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य राखेको छ। आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२÷८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई […]

  • ४ हप्ता अगाडि
नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

काठमाडौं। विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो। मिति २०८३ साउन १८ गते […]

  • ४ हप्ता अगाडि
धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न पर्वतका सामाजिक संस्थाहरुको संयुक्त अपिल
धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न पर्वतका सामाजिक संस्थाहरुको संयुक्त अपिल

कुश्मा, साउन १५ – पर्वत जिल्लाका विभिन्न नागरिक समाज तथा पेशागत संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत, नागरिक समाज सञ्जाल पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, नेपाल बार एसोसिएसन पर्वत, मानव अधिकार संगठन पर्वत […]

  • १ महिना अगाडि
सामाजिक उत्तरदायित्व अभियानमा रास्वपा कुश्मा सक्रिय, विभिन्न वडामा सरसफाइदेखि रक्तदानसम्मका कार्यक्रम
सामाजिक उत्तरदायित्व अभियानमा रास्वपा कुश्मा सक्रिय, विभिन्न वडामा सरसफाइदेखि रक्तदानसम्मका कार्यक्रम

कुश्मा, पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर समितिले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत विभिन्न वडा समितिमार्फत समुदाय केन्द्रित र सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। श्रावण महिनाभरि विभिन्न वडाहरूमा सडक मर्मत, सरसफाइ, धार्मिक स्थल व्यवस्थापन, आर्थिक सहयोग तथा रक्तदानजस्ता सामाजिक कार्यहरू सञ्चालन गरिएको नगर समितिले जनाएको हो। पार्टीका अनुसार कुश्मा नगरपालिका–१ पाङमा रहेको दलित बस्ती […]

  • १ महिना अगाडि
सर्वदलीय बैठकमा नेताहरुले भने–‘बन्दुक र लाठीमा मात्र होइन, संकटमा सरकारको नेतृत्व चाहियो’
सर्वदलीय बैठकमा नेताहरुले भने–‘बन्दुक र लाठीमा मात्र होइन, संकटमा सरकारको नेतृत्व चाहियो’

काठमाडौँ। सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेका छन्। बैठकमा विपक्षी दलका नेताहरूले देशमा […]

  • १ महिना अगाडि
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै […]

  • १ महिना अगाडि
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको […]

  • १ महिना अगाडि