कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]
लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो । यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । […]
काठमाडौं , २५ असार/ सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै […]
२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]
चैत्र ३०, काठमाडौँ | युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ […]
चैत्र २३ सिन्धुपाल्चोक । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर […]
२१ चैत, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् । पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । […]
काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले लागु गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं […]
चैत्र,११, रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो । सरकारले मंगलबार देखि देशलाई […]
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]