समाचार

एसएसबीले तुइनको डोरी चुँडाइदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता
एसएसबीले तुइनको डोरी चुँडाइदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता

धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै […]

  • ४ years अगाडि
नेपाल शिक्षक महासंघ आन्दोलित
नेपाल शिक्षक महासंघ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ। सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासंघसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ चौथो चरणको आन्दोलनमा उत्रिएको हो। महासंघले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ। राजधानी […]

  • ४ years अगाडि
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । ​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । […]

  • ४ years अगाडि
मध्यपहाडी राजमार्गको सडकखण्डका योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मध्यपहाडी राजमार्गको सडकखण्डका योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।  पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै पाँच जनाविरूद्ध काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए। अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियरद्वय दीपककुमार खड्का, गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद […]

  • ४ years अगाडि
मन्त्रिपरिषद् बैठक सकियो, के–के भए निर्णय ?
मन्त्रिपरिषद् बैठक सकियो, के–के भए निर्णय ?

काठमाडौँ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ । यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले बलाधिकृत […]

  • ४ years अगाडि
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा.विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले डा.पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन् । उनी यसअघि स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा सल्लाहकार थिए । पौडेल काठमाडौं विश्वविद्यालयअन्तर्गतको भिजिटिङ एशोसिएट प्रोफेसरका रूपमा […]

  • ४ years अगाडि
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा आर्थिक तथा […]

  • ४ years अगाडि
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]

  • ४ years अगाडि
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?

काठमाडौं । नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलालाई एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले दिएको धम्कीपूर्ण मन्तब्यले बौद्धिक जमातमा बहसको प्रमुख विषय बनेको छ । सामाजिक संजालमा संग्रौला–बस्नेतको बहसले स्थान पाएको छ । संग्रौलाले सामाजिक संजालमार्फत नै बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। बस्नेतले आफूलाई साइबर सेना लाएर तह […]

  • ४ years अगाडि
वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश
वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्यको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाई गर्दै तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । वायुसेवा निगमलाई निजीकरण गर्ने […]

  • ४ years अगाडि
निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन
निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका दोषी चाँडो पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्। निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र आईजीपी शैलेश थापा क्षत्रीलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्। साथै उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिएका […]

  • ४ years अगाडि
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीश राउतले कालीगण्डकी डाइभर्सनबाट धार्मिक, पर्यटकीय, पर्यावरणीय लगायत सबै क्षेत्रमा असर पर्ने भएकाले रोक्नुपर्ने आदेश गरेका छन् भने न्यायाधीश फुयालले वातावरणीय संरक्षणका प्राथमिक काम हुनै बाँकी रहेकाले उक्त आयोजनाका प्राथमिक काम रोक्न नपर्ने भन्दै राय बझाएका छन्। न्यायाधीश राउतको आदेशमा भनिएको छ, ‘कालीगण्डकीलाई डाइभर्सन गरी कालीगण्डकी तिनाउ डाइभर्सन […]

  • ४ years अगाडि