बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । अनेरास्वियु(क्रान्तिकारी) सधैं […]
काठमाडौँ– नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा […]
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको […]
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेश सभा निर्वाचन ऐन […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता अस्वीकार अडाय कायम राख्ने भएको छ । आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको बैठकले यस्तो निर्णय गरेको हो […]
काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिमालले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आँखा चिम्लेर पास गरे हुने बताएका छन्। नेता रिमालले नेकपा एमाले एमसीसीको विरुद्धमा नरहेको पनि बताए। एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘यसमा धेरै बहस गर्न आवश्यक छैन। एमसीसी आँखा चिम्लेर पास गरे हुन्छ। यसमा केही संशोधन गर्न आवश्यक छैन वाहिगत कुरा हो। यसमा […]
पर्वत-पर्वतमा बालचन्द्र नेपालीको अध्यक्षतामा १३ सदस्य नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी गठन भएको छ । नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको अवसरमा कुश्मामा एक कार्यक्रमको आयोजना गरि सनिवार जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा रामबहादुर दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर बिक, सुमन नेपाली,नेत्र परियार,जुना सुनार, योगेन्द्र बिक,लक्ष्मण […]
पोखरा । सिटी वान टेलिभिजन, पोखराले मंगलबारदेखि नियमित प्रसारण औपचारिक सुरुआत गरेको छ । आवाजविहीनको आवाज बुलन्द गर्ने उद्घोष साथ गण्डकी प्रदेश राजधानी पोखराको नयाँबजारबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो । शुभारम्भ अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सो टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले नेपालको राजनीतिमा सञ्चार […]
पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ । बिरगंजबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ […]
चितवन । नेकपा एमालेको दशौं महाधिवेशन समयमै सकिने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारित समयमै महाधिवेशन सकिने भएको हो । दिउँसोमात्र शुरु भएको बन्द सत्रमा विदेशी अतिथिको सम्वोधनसँगै विदेशी दलहरुबाट आएको शुभकामना सन्देश सुनाइएको थियो । महासचिव ईश्वर पोखरेलले संचालन गरेको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि सर्वसम्मत कार्यसमिति […]
पार्टीमा आफ्नै समूहका नेताहरूका कारण तथा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेपछि दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा कुनै हालतमा चुनाव नगर्ने संकेत गरेका छन्। बिहीबारदेखि नै सौराहास्थित सफारी रिसोर्टमा बसेका ओलीले शनिबार बन्द सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूलाई क्षमता र कामको मूल्यांकन गरेर जिम्मेवारी दिइने बताए। […]