राजनीति

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका […]

  • १ year अगाडि
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् । उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् । सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको […]

  • १ year अगाडि
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले […]

  • १ year अगाडि
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’

तानसेन: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको बताएका छन्। सत्ता साझेदार दलको समझदारी अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बहस सुरु गरेको ज्ञवालीले बताए। प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको […]

  • १ year अगाडि
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं: रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।

  • १ year अगाडि
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रालयगत स्वार्थ बाझिने गरी केही मन्त्री नियुक्त भएका छन् । मन्त्रिपरिषद् विस्तार हुँदा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयको जिम्मेवारी एनजिओकर्मीले पाएका छन् भने शहरी विकास मन्त्रालयमा ‘क’ वर्गको ठेकेदार भित्रिएका छन् । यस्तै, श्रम मन्त्रालय म्यानपावर व्यवसायीको हातमा पुगेको छ । एमालेको तर्फबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी विमला राई पौड्याल […]

  • १ year अगाडि
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए । पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र […]

  • १ year अगाडि
ओलीलाई प्रचण्डको प्रश्न- फेरि संविधान मिच्न बहुमत चाहियो ?
ओलीलाई प्रचण्डको प्रश्न- फेरि संविधान मिच्न बहुमत चाहियो ?

बैतडी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मंसिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहंकार र लोकतन्त्रवादीको […]

  • १ year अगाडि
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’

पर्वत । गाउँ गाउँमा यति बेला उम्मेदवारले घरदैलो अभियान गरिरहेका छन्। मतदाता भेट्ने, आफ्नो चुनाव चिन्ह चिनाउने उनीहरूको अहिले दिनचर्या हो। सकेसम्म कुनै पनि घर नछुटाउने उनीहरूको प्रयत्न देखिन्छ। आफ्नो जित निकाल्न मतदाताका समस्या सुन्ने र समाधानका उपायसहित आगामी पाँच वर्षमा काम गर्ने आफ्नो योजना सुनाउने गरिरहेका हुन्छन्। उम्मेदवरले कुन क्षेत्रका मतदातालाई कहिले भेट्ने ? […]

  • १ year अगाडि
ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल
ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन सक्नु भएन । देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि […]

  • १ year अगाडि
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता

नेकपा (एमाले) ले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ। आगामी चुनावका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षभित्र कार्यसम्पादन प्रस्ताव गरिएका कयौं बुँदा एमालेको २०७४ को आम निर्वाचनकै घोषणापत्रमा उल्लेख छन्। २०७४ मा ३९ प्रतिशत स्थानीय तह जितेर नेतृत्व गरेको एमालेले झण्डै ४१ महीना संघीय र […]

  • १ year अगाडि
देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु
देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु

कुस्मा । तपाईँसँग के गुनासो गरौं, जसलाई जितायौं, उहाँले केही गर्नुभएन। चुनावमा आश्वासन दिए, जितेर गएपछि फर्किहेरेनन् मोदी गाउँपालिका-३ जोगिथुमका बिजय गुरुङले वाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार सुदिप कुँवरको टिमसँग अघिल्लो चुनावको अनुभव साटे। मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार कुँवर यति बेला चुनावी घरदैलो अभियानमा छन्। घरदैलो अभियानका क्रममा उनले मतदाताका समस्या सुनिरहेका […]

  • १ year अगाडि