काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानको राज्य टेलिभिजनले खामेनीको मृत्यु भएको पुष्टि गरेको हो ।
इरानको राज्य टेलिभिजनका एक प्रस्तोताले सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा गरिएको जानकारी गराएका थिए ।
विज्ञापन
यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरानका सर्वोच्च नेता खामेनीको मृत्यु भएको दाबी गरेका थिए । तर, इरानले भने खामेनीको मृत्यु पुष्टि गरेका थिएन । बरु आफ्ना नेता सुरक्षित रहेको दाबी गरेको थियो ।
तर, इरानकै सञ्चारमाध्यमले खामेनीको शनिबार नै मृत्यु भएको पुष्टि गरेका छन् । खामेनीको मृत्यु आफ्नै कार्यालयमा काम गर्दागर्दै भएको बताइएको छ । खामेनीको मृत्युमा इरानले ७ दिन सार्वजनिक बिदा र ४० दिन शोक घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु