• होमपेज
  • भोलिदेखि बेनी–नयाँ दिल्ली मैत्री बस सेवा संचालन
Breaking News

भोलिदेखि बेनी–नयाँ दिल्ली मैत्री बस सेवा संचालन

पर्वत – म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली जान सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले भोली (माघ २१) देखि हरेक दिन विहान ७ बजे बेनी, कुश्मा, पोखरा, स्याङ्जा, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने छ ।

यो बस सेवाले म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने ट्राभल्स अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो ।

विज्ञापन

बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर निर्धारण गरिएको छ । यसैबीच भारतको सरोजनी नगरबाट हरेक दिन साझ ४ बजे बस बेनीतर्फ प्रस्थान गर्ने छ ।

आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ । यो बस सेवा संचालन भएसँगै छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा,लुटिने जोखिम समेत कम हुने यातायात ब्यवसायीको भनाई छ । यसैबीच यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्छ ।

प्रालिले असाहय अति विपन्न नागरिकलाई वडाको सिफारिसका आधारमा दिल्लीसम्म निशुल्क बस सेवा दिने अधिकारीले बताउनुभयो । ‘अब भारत जाने यात्रुलाई बेनीबाटै बस सेवा सञ्चालन हुन्छ, हामीले उपचारका लागि जाने विपन्न यात्रुलाई निशुल्क सेवा समेत दिन्छौ’ अध्यक्ष अधिकारीले भन्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै