पर्वत। मोदी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको छ ।
उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२÷०८३ को बजेट योजना, कार्यक्रम संशोधन र रकम व्यवस्थापन सर्वसम्मत पारित भएको छ। साथै आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, बिनीयोजन ऐन २०८२ संशोधन र विज्ञापन व्यवस्थापन विधेयक २०८२ पनि पारित गरिएको छ ।
विज्ञापन
गाउँपालिकाले अब विज्ञापन, होर्डिङ्गबोर्ड, पर्चा–पम्प्लेट, भित्तेलेखन लगायतका प्रचार सामग्री व्यवस्थापन गर्ने भएको छ। अनुमति लिनुपर्ने र पालिकाको नीति अनुसार वार्षिक राजस्व भुक्तानी गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।
सभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै सेवा करारमा कार्यरत कर्मचारी र दैनिक ज्यालादारी सम्झौता नविकरणसम्बन्धी निर्णय पनि गरिएको छ ।
अध्यक्ष हिरादेवी शर्माले विकास, शिक्षा, स्वास्थ्य, कृषक र उद्यमी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा रहेको बताउँदै, पालिकाले नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गर्दै आएको जानकारी दिइन्।
सभामा चालु र पुँजीगत गरी करिब डेढ करोड रुपैयाँ रकम व्यवस्था गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु