• होमपेज
  • नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा
Breaking News

नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’

विज्ञापन

उनले २३ र २४ को घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नु पर्ने बताए । ‘जेनजीको जिम्मा त्यहाँसम्म हुनुपर्छ, जहाँसम्म उनीहरूको सहभागिता थियो । आफू सहभागिता नभएको घटनामा जेनजी पुस्तालाई दोषारोपण गरिनु हुँदैन,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै