पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने भएपछि पर्वत जिल्लाका अधिकांस नेताहरु महामन्त्री गगन थापा पक्षधर भएका हुन् । वर्तमान पार्टी सभापती शेर बहादुर देउबा पक्षका अधिकांस नेताहरु र शेखर कोईराला समूहका नेताहरु समेत अहिलेको समयमा नेतृत्व परिवर्तन गरि युवाहरुको ईच्छा चाहना अनुसार काँग्रेस अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञापन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी लगायतका जिल्लाका नेतहरु समेत विशेष महाधिवेशनको पक्षमा छन् । यस्तै जिल्ला सभापती युवराज जोशी पनि विशेष महाधिवेशनको पक्षमा रहेका छन् । देउबा समूहको पकड रहेको पर्वत जिल्लामा पछिल्लो समय नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै गगन थापा समूहमा देखिएपछि देउवा खेमा कमजोर बनेको छ । महाधिवेशन प्रतिनिधीहरु मध्ये देउवा समूहमा नवराज गुरुङ, विद्वान गुरुङ, सिर्जना मल्ल लगायत देखिएका छन् ।
यसैबीच पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पर्वतमा बिहीबार भएको युवाहरूको भेलामा कांग्रेसको वर्तमान अवस्थाबारे गम्भीर छलफल गर्दै पार्टीलाई विधि र विधानअनुसार चलाउन विशेष अधिवेशन अनिवार्य भएको निष्कर्ष निकालिएको छ ।
पार्टीलाई विधि, विधान र वैचारिक बाटोमा फर्काउन विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षसहित पर्वतका २७ जना महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरिएको भेलाका संयोजक तथा जलजला ८ नाङलीवाङका पार्टी सभापति श्रीकृष्ण रेग्मीले जानकारी दिए । पर्वतमा २७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
उनले आफूहरूको बैठकले ‘अब ढिलाइ होइन, समाधान विशेष महाधिवेशन नै हो’ भन्ने निष्कर्ष निकालिएको जानकारी दिँदै भने, ‘विधान विपरीत गए कारबाही हुन्छ । पार्टीलाई विधानअनुसार नै चलाउने हो ।’ उक्त भेलामा ४० वर्ष मुनिका युवाहरू सहभागी थिए ।
भेलाका संयोजक श्रीकृष्ण रेग्मीले महाधिवेशनमा सहभागी नहुने महाधिवेशन प्रतिनिधिहरुलाई पार्टीका आगामी गतिविधिहरुमा सहभागिता जनाउन समेत उनिहरुलाई रोक लगाईने रेग्मीले बताए । उनिहरुले पार्टीमा युवाको उल्लेख्य मात्रामा प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।


फेसबुक प्रतिक्रियाहरु