• होमपेज
  • चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
कुश्मा नगरपालिका

चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने कामको प्ररारम्भ विगत देखि नै हुदै आएको देखिन्छ ।

विषेशगरि कुश्मा र कुश्माको पेरिफेरीमा समाजिक , सास्कृति तथा खेलकुदको माध्यम बाट आफुलाइ लामो समयदेखि समाजिक रुपन्तरणमा अब्बल साबित गरि रहेको संस्था हो पर्वत मिलन क्लब ।  २०४६ सालमा औपचारीक संस्था दर्ता भएता पनि कार्य प्रारम्भ २०४३ देखि नै गर्दै आएको हो । शुरुवाती चरणमा मिलन सांस्कृतिक टिमबाट अगाडी बढेको यस क्लब पर्वत जिल्ललाको जेठो क्लब पनि हो ।

विज्ञापन

विगतमा सांस्कृति रुपमा कला र संस्कृतिको क्षेत्रमा आफुलाइ स्थापित गरेता पनि समय अनुकुल सामाजिक कार्यहरुमा कार्य अगाडी बढाउदै आइरहेको छ । विषेशत युवा जनशक्तिलाइ खेलकुद , सांस्कृतिक तथा समाज सेवामा जुटाउदै युवा युवतीहरुमा सकारात्मक भावना पैदा गराउदै उनीहरुमा समाज र देशमा लागि केही गर्नुपर्छ भन्ने भावनाको डोरीमा बाध्न सफल रहेको छ ।

हुन त राष्ट्रिय स्तरका खेलाडीदेखि राष्ट्रिय स्तरका कलाकार उत्पादनको उद्योग नै भन्दा फरक नहोला । सानो जिल्लामा स्थापना भएको अग्रणी संस्थाले सामाजिक कार्य अन्तरर्गत बाटो , पुल, कुलो , धारा, निर्माण आफुहरुले प्राप्त गर्ने सहयोग तथा आफै पनि उठाइ निर्माण गरि रहेको देखिन्छ । हुन त विगतका बर्षहरुमा सांस्कृतिक कार्यक्रम तथा देउसी भैलो खेलेर संकलन भएको रकम विद्यालयको शैक्षिक सुधारका लागि दिदैआएको बताउनु हुन्छ ,संस्थाका संस्थापक सल्लाकार विष्णु प्रसाद नेवार, वहा थप्नु हुन्छ सेवा र सहयोग गर्नका लागि नै क्लबले हिजो देखि कार्य गरि रहेको छ।

वर्तमान समयमा यस क्लबले कुश्मा नगरपालिक वडा नम्बर ६ स्थित शिवालय माध्यामिक विद्यालयको परिसरमा रहेको चौतारीलाइ विद्यालयको अनुमतिमा खुल्ला गरि स्थानिय वडाको उपस्थितीमा आम भेला मार्फत पूर्ननिर्माणको कार्य गरिरहेको छ  । कुश्मा नगरपालिका ६ का वडा अध्यक्ष एंव कुश्मा नगरपालिका सामाजिक विकास समितीका संयोजक ईश्वर गिरीका अनुसार क्लबले यस वडामा रहेको यस चौताारीको पूर्न निमार्णको कार्य गरेकोकोमा धन्यवाद दिदै आफुहरु पनि सहकार्य गर्न तयार रहेको बताउनुहुन्छ ।

“ शिवलय भण्डारी मिलन चौतारी ” नामाकरण गरिएको यो चौतारी धेरै वर्ष पहिला कुश्मामा स्थायी रुपमा बसोवास गर्ने भण्डारीहरुको पुर्खा द्धारा निर्माण गरिएको हो भन्नुहुन्छ काश्यप गोत्रिय भण्डारी समिती एवं शिवालय बगैचा शैक्षिक समाज (भुपु विद्यार्थी शिवालय मा.वि.)का अध्यक्ष दिपेन्द्र बहादुर भण्डारी । ‘विगतमा विद्यालय परिसर भित्र रहेकोले सवैको सहज पहुचमा थिएन हाल विद्यालय र स्थानियहरुको समन्वयमा चौतारी खुल्ला गराइ पूर्न निर्माण भै रहेकोमा क्लब र विद्यालय प्रति धन्यवाद दिन चाहान्छु’, उहाँले भन्नुभयो ।

चौतारी समाजिक हिसाव र धार्मिक हिसावले निकै महत्वपूर्ण मानिन्छ  । हिजोका दिनहरुमा हाम्रा पुर्खाहरुले धार्मिक दृष्टिकोणमा आम मानिस विषेश गरि बटुवा हरुको सही ब्यवास्थापनका लागि धारा , पाटी , पौवा, र चौतारीहरुको निर्माण गरेको पाइन्छ । खान पुगोस दीन पुगोस भन्ने मान्यताका साथ यो लोकमा गरिएका पुण्यका कामले परलोकमा मुक्ती मिल्ले विश्वासका साथ निर्माण गरिन्थे भने आज पनि धार्मिक तथा सामाजिक दृष्टिकोणबाट निर्माण तथा पूर्ननिर्माणका कामहरु हुने गर्दछन ।

हामीले धार्मिक तथा समाजिक रुपमा सवैको सहमतीमा आफै लगानी जुटाउने गरि यो कार्यको शुभारम्भ गरेका छौ । यो हाम्रो टोल छिमेकमा रहेको बर र पिपलको चौतारीलाइ सुन्दर स्वरुपमा परिणत गर्ने छौ भन्नु हुन्छ निर्माण समितिका संयोजक बुद्धि बहादुर गुरुङ साथै आर्थिक समिती संयोजक साजन कुमार श्रेष्ठ सबैले हालसम्म त स्वत:स्फुर्त आर्थिक सहयोग दिइरहेको जनाकारी गराउनुहुन्छ ।

श्रमदानलाइ उच्च प्राथामिकतामा राखी कार्य प्ररारम्भ गरिएको चौतारी पूर्ननिर्माणको कार्यले पक्कै पनि जेष्ठ नागरिक ,बटुवा तथा सितलता खोज्ने हरेकको बसाइको केन्द्र बन्ने नै छ । विषेशत कुश्मा बजारको मध्य भागमा अवस्थित यो चौतारी बसपार्कको नजिकमा नै छ जस ले गर्दा आम बटुवाका लागि उपयोगी नै सावित हुने छ ।

निर्माणको जिम्मेवरी लिएको पर्वत मिलन क्लबका अध्यक्ष झलक बहादुर कार्कीका अनुसार टोलबासीको विषेश आग्रहमा हामीहरुले पुन निर्माण कार्य गरि रहेको बताउनुभयो। सबैको साथ सहयोग मिल्ने छ भन्ने विश्वासका साथ समुदायबाट आएको आग्रहले यो काम शुरु गरिएको उहाँको भनाई छ । ‘हामीसँग स्रोतको अभाव हुदा हुदै सवैको सहयोग प्राप्त गर्न सकिन्छ भन्ने हेतुले काम अगाडी बढाएका छौ । हाम्रो लक्ष्य भनेको यसलाइ सुन्दर रुपमा निर्माण गरि सवैको आबश्यकता पुरा भएको महशुस हुने नै बनाउने हो, कार्कीले भन्नुभयो ।

लेखक अधिकारी कुश्मामा रहेर समाजिक क्षेत्रमा काम गर्ने तथा कलम चलाउने गर्नुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै