• होमपेज
  • नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न
Breaking News

नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न

कुश्मा। नेपाली कम्युनिस्ट पार्टीको कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम आज विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पुर्वमन्त्री देबेन्द्र पौडेलले
काम नगर्ने राजनीतिले जनतालाई भरोसा दिन नसक्ने बताए ।

विज्ञापन

“सत्तामुखी होइन, जनमुखी कम्युनिस्ट राजनीति आजको आवश्यकता हो ” पौडेलले भने,

“व्यवस्था फेरियो, तर जनताको जीवन नफेरिनु असफलता भएको भन्दै उनले युवा पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभवलाई जोड्न सकेमात्र कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुग्नेमा जोड दिए ।

पौडेलले सिद्धान्तमा स्पष्टता र व्यवहारमा अनुशासन कायम गर्न सकेमात्र पार्टी बलियो बन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेताहरु दिलु पन्त, कृष्ण नेपाली, सुदिप कुँवर, मनहरी तिमिल्सिना, मोतीप्रसाद पौडेल, ढाकाराम गौतम, गुणाखर बस्याल, उमाकान्त भुर्तेल, ठाकुरप्रसाद पौडेललगायतले बोलेका थिए । नेताहरुले संगठनगत एकता, सिद्धान्तगत स्पष्टता र जनताप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

युवा नेता मिनराज केसी अविरलको अध्यक्षतामभा सम्पन्न कार्यक्रमा अमृत गुरुङ स्वागत मन्तव्य र सञ्चालन दिपुबाबु गिरीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै