पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो ।
वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र सचिन गौतम रहेका छन् ।
विज्ञापन
पार्टीको संगठन विभाग संयोजकमा प्रेम बी. पौडेल र सदस्यमा सन्तोष सुवेदी चयन गरिएको छ । साथै, पार्टीको सल्लाहकारमा गुरुप्रसाद शर्मा, महदत्त सुवेदी र तुलसी लामिछाने रहेका छन् ।
वडा सभापति लामिछानेका अनुसार पार्टी संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै जनमुखी र उत्तरदायी राजनीतिमा सक्रिय भूमिका खेल्ने लक्ष्यका साथ समिति गठन गरिएको हो ।
यसअघि आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका जिल्ला अध्यक्ष रुद्र प्रसाद शर्मा तथा कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्दै संगठन विस्तार र जनतासँगको सम्बन्ध सुदृढ गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु