• होमपेज
  • आर्थिक सहयोगका लागि हार्दिक अपिल
गण्डकी प्रदेश

आर्थिक सहयोगका लागि हार्दिक अपिल

पर्वत जिल्ला, मोदी गाउँपालिका–५, बाजुङ निवासी सामाजिक रूपमा परिचित मनबहादुर दर्जी (कटुवाल) की नातिनी बुहारी तथा अमर दमाईकी श्रीमती सुनिता दमाई गम्भीर मुटु रोगबाट पीडित भई हाल उपचाररत हुनुहुन्छ।

चिकित्सकहरूको परामर्शअनुसार उहाँको तत्काल मुटुको शल्यक्रिया (Heart Operation) आवश्यक रहेको छ। समयमै शल्यक्रिया नगरेमा उहाँको ज्यान नै गम्भीर जोखिममा पर्न सक्ने अस्पताल स्रोतले जनाएको छ।

विज्ञापन

उहाँ दुई साना बालबालिकाकी आमा हुनुहुन्छ।
दैनिक ज्यालादारीमा आश्रित यस परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले महँगो उपचार खर्च जुटाउन असमर्थ बनेको छ। एक आमाको जीवन बचाउन परिवार आज गम्भीर संकटको अवस्थामा पुगेको छ।

यस्तो कठिन घडीमा मानवीय सहयोग नै जीवनको आशा बन्न सक्छ।
त्यसैले सबै दयालु मनहरूमा, आफ्नो हैसियतअनुसार सानो–ठूलो जे जति सक्नुहुन्छ आर्थिक सहयोग गरी एक आमाको जीवन बचाइदिन हार्दिक अपिल गर्दछौँ।

हजुरहरूको सानो सहयोगले एउटा अमूल्य जीवन बच्न सक्छ।
हजुरहरूको सहानुभूतिले दुई नाबालक बालबालिकाको भविष्यमा नयाँ आशा पलाउन सक्छ।

🙏 मानवीय सेवामा हातेमालो गरिदिनुहुन विनम्र अनुरोध।

सहयोगका लागि बैंक
Lumbini Bikas Bank
Amar
खाता नं. : 02911020305526000001

सहयोग वा थप जानकारीको लागि सम्पर्क:
📞 9847620405/9864553949

सहयोग नै सबैभन्दा ठूलो मानव धर्म हो।” 🙏

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै