• होमपेज
  • नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा
अर्थ खबर

नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बाट शिब शर्माको अध्यक्षतामा ११ सदस्यिय  नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा बेल कुमारी जिसी, सचिबमा देबेन्द्र नेपाली र कोषाध्यक्षमा खड्क बहादुर गुरुङ रहनुभएको छ ।

विज्ञापन

त्यस्तै सदस्यहरुमा मेघराज रिमाल, देउ बहादुर क्षेत्री, कृष्ण प्रसाद शर्मा, ओम प्रसाद पौडेल, चन्द्र कुमारी कार्की र टिकाराम नेपाली रहनुभएकोछ । यस्तै संस्थाको लेखा समितिको संयोजकमा दुर्गादत्त शर्मा साथै सदस्यहरुमा भाष्कर पौडेल र पवन कुमार पौडेल रहनुभएको छ ।

संस्थाको साधरण सभा उदघाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी एकता र समस्या समाधान गर्नमा सहकारीले भुमिका खेल्ने धारणा राख्नुभयो । उहाँले सहकारिले सदस्यको समस्या समाधानका साथै एक आपसमा सहयोगको वातावरण बनाउने बताउनुभयो ।

अधिवेशनमा संस्थाले गत आर्थिक वर्षमा गरेका गतिविधि र प्रगतिको विवरण संस्थाका अध्यक्ष शिव शर्माले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आर्थिक अवस्थाबारे कोषाध्यक्ष खड्गबहादुर गुरुङले प्रतिवेदन पेश गर्नुभयो।

कार्यक्रममा संस्थाको विकास र सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका एकल महिलाहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले महिलाहरूको योगदानलाई उच्च कदर गरिएको सहभागिहरूले बताएका छन्।

कार्यक्रममा नेपाल राष्ट्रिय भूपु सैनिक संघ पर्वतका जिल्ला अध्यक्ष ओमप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव देवेन्द्र नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

साधारणसभाले संस्थाको आगामी कार्यदिशा, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै