पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचान भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि गाउँपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद १ लाख राशिको पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई ७५ हजार र तेस्रो ५० हजार रहेको साथै शिल्ड, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताईएको छ ।
विज्ञापन
मोदीगाउँपालिका अध्यक्ष हिरादेवी शर्माले खेलकुद प्रतियोगिता गाउँपालिकाको सामाजिक एकता र खेल भावना बढाउनका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो गाउँपालिकाको पहिचानलाई खेलकुदको माध्यमबाट अझ उचाइमा पुर्याउने लक्ष्य लिएका छौँ। यो प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै आपसी सद्भाव बलियो बनाउने विश्वास छ। अध्यक्ष शर्माले सम्पूर्ण खेलप्रेमीलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गर्नुभयो।
पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले खेलकुदले व्यक्तिलाई अनुशासित बनाउँने र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्ने आशा राखेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, खेलकुदका माध्यमबाट गाउँपालिकाको सकारात्मक सन्देश बाहिर लैजाने हाम्रो प्रयास हो। हामीले तोकिएको समयमै सम्पूर्ण खेलहरू सम्पन्न गर्न र सहभागीहरूको सुविधाका लागि आवश्यक व्यवस्थापन मिलाएका छौँ। हामी सम्पूर्ण स्थानीयवासी, विद्यालय, अभिभावक तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय उपस्थितिका लागि अनुरोध गर्दछौँ।
यहि मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश हुने खेलहरू, पुरस्कार राशी र नियमहरू सार्वजनिक गरेको छ। गाउँपालिकाले सूचना प्रकाशन गरी प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथलेटिक्स लगायतका मुख्य खेलहरू समावेश गरिएको जानकारी दिएको छ।
प्रथम गाउँपालिका अध्यक्ष कप(२०८२ अन्तर्गत मुख्यगरी पर्वत जिल्ला अन्तर(पालिकास्तरीय पुरुष भलिबल र जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएको छ ।


फेसबुक प्रतिक्रियाहरु