पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याईपुर्याउनका लागि पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले पुष्पलालहरुले देखाएको मार्गलाई नेपालका कम्युनिष्ट नेताहरुले भुल्न नहुने बताउँदै यो मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञापन
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा एमाले फलेवास नगर कमिटि अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो । कुश्मा नगर कमिटि अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब जितबहादुर विकले गर्नुभएको थियो । कार्यक्रममा एमाले नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु