• होमपेज
  • पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
अर्थ/वाणिज्य

पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध रुपमा काठ लोड गरी ल्याएको भेटिएको प्रहरी कार्यालयले जनाएको छ । उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुसालले जानकारी दिनुभयो।

विज्ञापन

डिभिजन वन कार्यालय पर्वतका सुचना अधिकृत रन बहादुर बिकका अनुसार हिजो साँझ जिल्ला प्रहरी कार्यालयको टोलिले काठ सहितको गाडी नियन्त्रणमा लिएर पठाएको र आवस्यक छानबिनका लागि कार्यालयमै राखिएको जानकारी दिनुभयो । उहाँले गाडीमा १८ वटा मुढा रहेको र तिनको बारेमा छानबिन गर्न टोली परिचालन गरिसकिएको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook