• होमपेज
  • पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?
द्रुत खबर बिशेष

पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?

पर्वत । पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३ र गठबन्धन २ वटा वडामा विजयी भएको छ । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन् । तीमध्ये एमाले तीनवटा वडामा प्यानलसहित विजयी भएको छ ।

यस्तै, महाशीला गाउँपालिकामा ३ वटा वडामा पनि एमाले विजयी भएको छ । महाशीला गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। बिहादी गाउँपालिका १ मा पनि एमालेको सिंगो प्यानल विजयी भएको छ । उता फलेवास नगरपालिकाका ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा २ वटा वडामा एमालेले जित हासिल गरेको छ । फलेबास नगरपालिका वडा २ र ११ मा पनि एमाले विजयी भएको छ । फलेबासको वडा नमबर १ मा भने काँग्रेसका उमेदवार विजयी भएका छन् ।

विज्ञापन

यता पैंयु गाउँपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । पैंयु गाउँपालिका १ मा काँग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नम्बर २ र ३ मा पनि एमालेले नै जित हात पारेको हो ।
यस्तै, मोदी गाउँपालिकामा वडा न १ मा एमालेका उमेदवार विजयी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook