पर्वत बिशेष

कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • ५ महिना अगाडि
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो

पर्वत  । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रवार जिल्लाका संचाकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरु बीच शुभकामना आदान प्रदानका साथै कार्यालयले गत ३ महिनामा गरेका कार्यहरुको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले चाडबाडको […]

  • ६ महिना अगाडि
ठूलीपोखरीमा शुभकामना आदानप्रदान
ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी […]

  • ६ महिना अगाडि
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा

पर्वत-समाजवादी मोर्चा नेपाल, जिल्ला संयोजन समिति पर्वत गठन गरि घोषणा गरिएको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति गठन गरिको हो । समितिमा नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण विश्वकर्मा, जनता समाजवादीबाट […]

  • ६ महिना अगाडि
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा

पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा हाल स्विटजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य […]

  • ६ महिना अगाडि
घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट
घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट

पर्वत : ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि.’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ। कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दसैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा […]

  • ६ महिना अगाडि
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा आगामी असोज २७ गते हुने बताइएको छ । अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने […]

  • ७ महिना अगाडि
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा […]

  • ७ महिना अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • ७ महिना अगाडि
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि भेटिएका छैनन्। गत असोज १३ साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जीप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको वेलामा अचानक आएको बाढीले बगाएको थियो। जिपमा […]

  • ७ महिना अगाडि
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]

  • ७ महिना अगाडि
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो

बाग्लुङबाट पोखरा गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल […]

  • ७ महिना अगाडि