Breaking News

प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं —लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

  • १२ महिना अगाडि
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गरेका छन्। २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् । उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन […]

  • १२ महिना अगाडि
शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा
शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा

परासी : नवलपरासीमा रहेका ५ स्थानीय तहमा आज शोक बिदा दिइएको छ । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको शोकमा स्थानीय तहले बिदा दिएको सूचना निकालेर जनाएका छन् । जिल्लामा ७ पालिका छन् । सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाबाहेक सबै स्थानीय तहले सूचना निकालेर शोक बिदा दिएको जनाएका हुन् । सुनवल र […]

  • १ year अगाडि
काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक
काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक

काठमाडौँ, २४ भदौ : काठमाडौंको कलंकीमा आज (मंगलबार) बिहानै टायर बालेर प्रदर्शन सुरु गरिएको छ । सोमबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि राजधानी काठमाडौं आज बिहानैदेखि प्रदर्शन सुरु भएको हाे । स्थानीयहरु घर-घरबाट निस्केर टायर बालेर सरकारविरोधी प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरू सरकारविरुद्ध आक्रोशित […]

  • १ year अगाडि
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

  • १ year अगाडि
जेनजी प्रदर्शन : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन
जेनजी प्रदर्शन : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् । काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन […]

  • १ year अगाडि
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु […]

  • १ year अगाडि
रसुवा र तातोपानी दुवै नाका बन्द भएपछि लोमान्थाङबाट सामान आउँदै
रसुवा र तातोपानी दुवै नाका बन्द भएपछि लोमान्थाङबाट सामान आउँदै

२४ असारदेखि रसुवा र साउन दोस्रो सातादेखि तातोपानी नाका पनि अवरुद्ध भएपछि व्यापारीहरू मुस्ताङको लोमान्थाङ नाकामा केन्द्रित हुन थालेका छन्।चिनियाँ क्षेत्रमा क्यारिङ गर्दै आएको स्टार कस्टम क्लियरेन्स एजेन्टले दुई महिनादेखि अड्किएका कन्टेनर लोमान्थाङ लाने तयारी गरेको चिनियाँ कम्पनी आडो ट्रान्सपोर्टले जानकारी दिएको छ । केरुङ, न्यालम, दिङ्ग्रीलगायतमा अड्किएर बसेका कन्टेनर तिब्बत क्षेत्रको सागा भन्ने बाटोबाट […]

  • १ year अगाडि
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ। १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन्। तुँदीपावर कम्पनीले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र संयुक्त ऊर्जा लिमिटेडको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक […]

  • १ year अगाडि
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमा समूहगत छलफल जारी रहेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि एमालेको दोस्रो विधान महाधिवेशन जारी छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री […]

  • १ year अगाडि
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

फलेवास- पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ । उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न […]

  • १ year अगाडि
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई पत्र पठाएको छ । सहकारीका ४ सय २६ जना बचतकर्ताको कुल १८ […]

  • १ year अगाडि