समाचार

खारेज भयो सुकुमबासी आयोग
खारेज भयो सुकुमबासी आयोग

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सुकुमबासी आयोग (भूमि समस्या समाधान आयोग) विघटन भएको छ। आयोग विघटन भएसँगै अयोगमा नियुक्ति पाएका नेपाली कांग्रेस, नेकपा (एमाले) का ३ सय १६ जना कार्यकर्ता बेरोजगार हुने भएका छन्। नयाँ सरकारले सुकुमबासी आयोग विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भइसकेको छ। पुरानो आयोग विघटन […]

  • १ हप्ता अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विहीवार अपरान्ह ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्। सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने […]

  • १ हप्ता अगाडि
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले रातोपाटीलाई बतायो । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ […]

  • १ हप्ता अगाडि
३ करोडभन्दा कम लागतका टुक्रे आयोजना कार्यान्वयन नहुने
३ करोडभन्दा कम लागतका टुक्रे आयोजना कार्यान्वयन नहुने

  काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसबाट […]

  • १ हप्ता अगाडि
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर […]

  • १ हप्ता अगाडि
फलेबास नगरपालिका प्रवक्ता तिवारी साइबर मुद्दामा पक्राउ
फलेबास नगरपालिका प्रवक्ता तिवारी साइबर मुद्दामा पक्राउ

पर्वत —फलेवास नगरपालिका–४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत साइबार मुद्दामा पक्राउ गरेको छ । पालिकाको प्रवक्ता र नेपाली कांग्रेसको पनि प्रवक्ता र सह–सचिव रहेका उनलाई प्रहरीले आइतबार उनकै वडा कार्यालयबाट पक्राउ गरेको हो । आफ्नो वडामा पर्ने कटुवा बगरबाट कालीगण्डकी नदी दोहन हुँदा पनि प्रहरीले रोकथाममा सहयोग नगरेको भन्दै उनले […]

  • २ हप्ता अगाडि
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन् । कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी । २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले […]

  • ३ हप्ता अगाडि
शुशिलाको काँधमा ताजा जनादेश
शुशिलाको काँधमा ताजा जनादेश

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको […]

  • ३ हप्ता अगाडि
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं : अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् । आज बेलुका शितल निवासमा भएको नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष उपस्थित नभएका हुन्। सभामुख सचिवालयले सुरक्षाका कारण सहभागी नभएको जनाएको छ। सपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य पनि […]

  • ३ हप्ता अगाडि
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद  यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।

  • ३ हप्ता अगाडि
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं —लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

  • ३ हप्ता अगाडि
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गरेका छन्। २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् । उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन […]

  • ३ हप्ता अगाडि