समाचार

कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक
कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका हुन्। कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी योजना निर्माणका लागि भन्दै सरोकारवालासँग छलफल आयोजना गरिएको प्रधानमन्त्री ओलीका सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सरकारी […]

  • ४ years अगाडि
नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ
नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए । ‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली […]

  • ४ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ४ years अगाडि
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन […]

  • ४ years अगाडि
बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान
बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी हुन्। यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने प्रावधान छ। राष्ट्रपतिले दलहरुलाई सरकार […]

  • ४ years अगाडि
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै […]

  • ४ years अगाडि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि

आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या […]

  • ४ years अगाडि
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]

  • ४ years अगाडि
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने

काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य […]

  • ४ years अगाडि
३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी
३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गरेकी छिन्।यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको थियो । सो […]

  • ४ years अगाडि
मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा
मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

बागलुङ। कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ । नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ । आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा […]

  • ४ years अगाडि
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा

पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो । उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा […]

  • ४ years अगाडि