• होमपेज
  • सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम
अर्थ/वाणिज्य

सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम

निर्मल गौतम । गण्डकी प्रदेशमा रहेका करिब २ दर्जन सहकारीको छानबिन र करिब २ दर्जन नै सहकारीको अनुगमनमा २ बर्स रातदिन नभनी राज्यलाई न्युनतम पारिश्रमिक लिएर सहयोग गरियो । नेपाल रास्ट्रबैकबाट ईजाजतपत्र प्राप्त रास्टृय स्तरको बित्तिय सस्थाको कम्पनी सचिव र लेखापरीक्षण बिभाग प्रमुखको रुपमा रहेको जिम्मेवारीबाट राजिनामा दिई राज्यको सेवामा समर्पित बनेको २ बर्सको समयमा आफैलाई मुल्यांकन गर्दा यो दुई बर्समा परिवार नभनी सायद दशैको टीका र तिहारको टीका थाप्ने दिन बाहेक शनिबार पनि नभनी गरेको काम र दैनिक १४ घन्टा खटिईको समय हिसाब गर्दा झन्डै ५ बर्स बराबरको कार्यालिय समयको काम गरिए होला ।छानबिन भइ केही सहकारीको मुद्दा अनुसन्धान समेत सकिएर फिराद दर्ता भएका छन ।

राज्यबाट ईजाजत स्वीकृत दिएपश्चात हिनामिनामा सलग्नबाट राज्यले असुल गरि फास्ट ट्र्याक्टबाट पिडित बचतकर्ताको रकम फिर्ता गराउने कार्यमा राज्य थप प्रभावकारी हुनुपर्ने थियो त्यो अनुभूति भने गर्न सकिएन। बरु केहि सहकारीको छानबिन पश्चात् तिब्ररुपमा हिनामिना सोधभर्ना भै सहकारीहरु सचालनको अबस्थामा समेत रहेको छन । छानबिन गरिएका तथ्य समेतका आधारमा समग्र गण्डकी प्रदेशका सहकारीको हिनामिनाको स्वरुप निम्न अनुसार देखियो।

विज्ञापन

तपशिल :

१) सिमित ब्यक्तिको स्वार्थ शेयर समूह जसले केही कर्मचारीलाई प्रयोग गरि गैरशेयर सदस्य समेतबाट उठेको रकमलाई फर्जी लेखापरीक्षणको प्रतिबेदन तयार गराई वा नगराई लाभासको नाम दिएर गैरकानुनी लाभका नाममा रकम निकासी गराएर,सरकारलाई राजस्व छली गर्न कृतिम बचत खाताहरु खोली सहकारीको आय तथा अबैधानिक रकम जोरजम्मा गर्ने साधनको रुपमा सहकारिलाई प्रयोग गरि ठगिको उद्योग सचालन गरेर सहकारी हिनामिना गराए । औसत यो मात्रा कुल हिनामिनाको ३७% रकम यस गतिबिधिबाट हिनामिना भएको देखियो ।

२) प्रचलित कानुनले निषेध गरेको २ करोड कारोबार सिमा भन्दा बढिको सहकारी सचालनमा प्रत्यक्ष सलग्न भै नभई समिती समेतका सेवा सुबिधाका नाममा गैरकानुनी लाभ लिएर दिएर हिनामिना गराए । औसत यो मात्रा कुल हिनामिनाको ६% रकम यस गतिबिधिबाट हिनामिना भएको देखियो ।

३) सहकारी सस्था सचालन सम्बन्धी मापदण्ड २०६८ बिपरित कर्जाका नाममा रकम निकासी गराएर समिती, ब्यबस्थापक र उपसमितिका ब्यक्तिले अपचलन तथा हिनामिना गराए । औसत यो मात्रा कुल हिनामिनाको ३२% रकम यस गतिबिधिबाट हिनामिना भएको देखियो । (जुन रकम मिटर ब्याज, अनुचित लेनदेन, घरजग्गा कारोबार र तल्लोबाटो मानव तस्कर गरि अमेरिका पठाउन प्रयोग भयो भने कतिपय रकम नेपालबाट निकासी गरि युरोपेली मुलुकमा प्रबेश भयो अर्थात नेपालको पुजि पलायन गरियो र सचालकका प्राईभेट बिजनेस सचालन गर्न प्रयोग भयो ती रकम निकासी बराबर नै सोधभर्ना हुन कठिन देखिन्छ ।)

४) सहकारी सस्था सचालन सम्बन्धी मापदण्ड, सहकारी एन कानुन र बिनियम बिपरित शेयर सदस्य र गैरशेयर सदस्यका नाममा रकम निकासी गरि हिनामिना गराए । औसत यो मात्रा कुल हिनामिनाको २४% रकम हो ।

५) हिनामिना भएको कुल रकम मध्ये करिब १% रकमले उल्लिखित हिनामिना गुपचुप गराउन, कार्यक्षेत्र बिस्तार गर्न, सहकारी एकीकरणका नाममा घुसको लागि प्रयोग भएबाट हिनामिना गराए ।

यस शृङ्खलाबाट भएको हिनामिनामा केही सहकारी बिरुद्ध फिराद दायर भयो भने केही सहकारीलाई नियमन निकायले हिनामिना सोधभर्नाको कार्य योजना पेश गर्न लगाई जरिवाना समेत गरेर उपचारत्मक कारवाही अघि बढाएको छ ।

अब हालसम्म छानबिन भएका तथा प्रसासनिक अनुगमन बाहेकका सघन अनुगमन भएका सहकारीको हिनामिना असुली र न्यायिक प्रकृया कानुन बमोजिम नै होला । उल्लिखित वर्णन गरिएका हिनामिनाको सोधभर्ना के कुन दरमा असुल सोधभर्ना होला वा नहोला र पिडित पक्षलाई न्याय कसरी मिल्ला भन्ने समबन्धमा छानबिन भएका तथ्यहरुको बस्तुस्थिती र कसुर आर्जित सम्पतिको रुपान्तरण श्रीखला र उल्लिखित कसुरको लाभग्राही को हुन र अनुसन्धान हुँदै अभियोजन कसरी प्रस्तुत भयो जसबाट न्याय निरुपण हुन सक्ला वा नसक्ला एकछानबिन कर्ताको हैसियतले अध्ययन गर्दा निम्न कुरा महसुस भयो ।

१) बुदा न ०१ मा रहेको ३७% हिनामिना रकमको कसुरजन्य सम्पती सिमित शेयरसदस्यहरुको लाभमा प्रयोग भइ शेयर सदस्यको सम्पतिको रुपमा रुपान्तरण भएको छ जुन कसुरको लाभग्राही र सलग्न सख्या अत्याधिक छ जुन हाल जाहेरवालाको नै रुपमा समेत पिडित पक्षबाट पेश भएका छन । उक्त कसुरको लाभग्राही सचालक मात्र नभई शेयर सदस्य समेत रहेका छन । सो तर्फ अनुसन्धान भै अभियोजन नभएको र कम मानिसलाई मात्र फिराद दर्ता भएकोले उल्लेखित रकमको ७% रकम मात्र फैसला पछि असुल हुनसक्ने देखिन्छ । (साधारण सभामा शेयर सदस्यको हैसियतले उपस्थित जनाई शेयर लाभास कोष भन्दा बढी रकम बोनसका नाममा लाभ लिनु गैरकानुनी लाभ ग्रहणको बिसय र हिनामिनामा प्रत्यक्ष सलग्नता देखिने बिसय हो ।) यस प्रकृतिको हिनामिनामा तर्फ प्रहरी अनुसन्धानमा गम्भीर त्रुटि भएको छ । यो बिसय पुरक अभियोजन मार्फत पेश हुन शेयर सदस्य विरुद्ध फिराद दर्ता हुनुपर्छ तब मात्र रकम सोधभर्ना गरि न्याय निरुपण हुनेछ । हाल प्रदेश रजिस्ट्रार कार्यालयले गैरकानुनी लाभ लिने शेयर सद्स्यको गैरकानुनी लाभको रकम असुल गर्न समेत निर्देशन गरेको छ जुन कदम स्वागत योग्य छ ।)

२. बुदा न ०२ मा रहेको ६ प्रतिशत हिनामिना रकमको कसुरको लाभ ब्यबस्थापक र सचालक समेतको सम्पतिमा रुपान्तरण भएको छ । जुन रकम करिब ५ प्रतिशत जति असुल हुनसक्ने देखिन्छ ।

३. बुदा न ०३ मा रहेको ३२ प्रतिशत हिनामिना रकमको कसुरको लाभ सचालक, ब्यबस्थापक समेतका ब्यक्तिको सम्पत्तिमा करिब ५०% रुपान्तरण भएको छ जसमध्ये ३२% को हिस्सामा १६% हुन आउँछ जुन रकममा १४% असुल हुने देखिन्छ । भने करिब ५०% प्रतिशत रकम मानव तस्करी, युरोपेली मुलुक निकासी भएको छ जसको सोधभर्ना जटिल छ ३२% मा १६% नै हिस्सा ओगटेको यो रकम ३% मात्र सोधभर्ना हुने अनुमान छ । करिब केही सहकारीको यसरी निकासी भएको रकम ती रास्ट्रबाट रेमिट हुँदै हिनामिना सोधभर्ना समेत भएको छ यसको लागि नियमनकारी निकाय सहकारी रजिष्ट्रारको कार्यालय पोखराले निश्चित समय सिमा प्रदान गरि रकम असुलिमा समेत पहल गरेको छ । यस कार्य स्वागत योग्य छ ।

४. बुदा न ४ को कुल २४% हिनामिनाको कसुरको लाभ गैरशेयर सदस्य र शेयर सदस्यको सम्पत्तिमा रुपान्तरण भएको छ । जुन रकम २०% असुल तथा सोधभर्ना हुने देखिन्छ, तर सो तर्फ प्रहरी अनुसन्धान पनि त्रुटिपूर्ण रहेको र सचालक तर्फमात्र अभियोजन भएबाट उल्लेखित रकम असुल गर्ने प्रक्रिया जटिल देखिएकोले पुरक अभियोजन गर्न कर्जा उपर समेत अनुसन्धान हुनुपर्ने देखिन्छ ।

५. बुदा न ५ को १% हिनामिनाको कसुरको लाभ निजामती कर्मचारी र नियमकिय निकायका सलग्न पदाधिकारीको सम्पतिमा रुपान्तरण भएको छ । जसको सोधभर्ना ०.७५ प्रतिशत हुने देखिन्छ । ( हाल मौजुदा रहेको सहकारी रजिस्ट्रार कार्यालयको नियमनकारी निकायका पदाधिकारीहरुको अग्रसरता र पहलमा घुसबापतको रकमहरु फिर्ता भएका छन भने कतिपय पुर्व प्रशाशक विरुद्ध र सहकारी बिभागकै कर्मचारी बिरुद्द फिराद दर्ता भएको छ । जुन सहकारी रजिस्ट्रारको कार्यलयले गरेको कार्य निकै स्वागतयोग्य र साहासिक रहेको छ ।)

यसबाट ४९.७५% रकम मात्र सोधभर्ना हुने देखिन्छ । उल्लेखित तथ्य समेतका आधारबाट माथी वर्णन गरिएका बिसयमा पुरक अभियोजनको लागि थप अनुसन्धान गर्नु पर्ने र पुजि पलायनको रकम फिर्ताको लागि कुटनैतिक पहल गरि हिनामिनामा सलग्नलाई कानुन बमोजिम कारबाहिको लागि राज्यले तिब्र खोजी कार्य जारी गर्नु पर्ने देखिन्छ ।

अब निस्कर्समा हालसम्म छानबिन नभएका तथा अनुगमन नभएका सहकारीका पदाधिकारीहरुले आफ्नो सहकारिमा उल्लेखित तथ्य अनुरुप हिनामिना भएको/नभएको एकिन गरि हिनामिना भएको गरेको भए हिनामिनाको गणना र लाभग्राही पक्षबाट रकम असुल गराउन पहल गरे सहकारिको स्वनियमकिय अनुगमनबाट नै समस्या समाधान हुने देखिन्छ ।

(लेखक:- गण्डकी प्रदेश सहकारी रजिष्टारको कार्यालय पोखराका वित्तीय विश्लेषक तथा परामर्शदाता हुन्)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै