• होमपेज
  • मेलाको आम्दानीबाट विद्यार्थीलाई पोशाक र भाडा
गण्डकी प्रदेश

मेलाको आम्दानीबाट विद्यार्थीलाई पोशाक र भाडा

पर्वत  । पर्वतको बनौंमा रहेको बनौं युवा क्लबले मेलाबाट गरेको आम्दानीबाट विद्यार्थीलाई पोशाक तथा गाडी भाडामा खर्च गरेको छ ।

जिल्लाको जलजला गाउँपालिका–९ बनौंमा रहेको बनौं माध्यमिक विद्यालयका विद्यार्थीहरूलाइ पोशाक र टाढाबाट आउने विद्यार्थीलाई १ वर्षभरि गाडीभाडा तिर्ने भएको हो ।

विज्ञापन

क्लबले विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीहरूको लागि करिब डेढ लाख रुपियाँको लागतमा ‘ट्रयाकसुट’ वितरण गरिएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।

बुद्ध जयन्तीको अवसर पारेर क्लबले गत वैशाख १० गतेदेखि १९ गतेसम्म मेला आयोजना गरेको थियो । सोही मेलाबाट आम्दानी भएको रकमबाट विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराइएको हो ।

साथै टाढाबाट आउने विद्यार्थीहरुलाई एक वर्षसम्म गाडीमा आवतजावत गर्नका लागि ३ लाख रुपीयाँ गाडीभाडा दिने भएको छ । उक्त विद्यालयमा आउने विद्यार्थीहरु ३ घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहको थियो । ‘विद्यार्थीलाई आउनजान समस्या भएपछि क्लबले १ वर्षसम्म एउटा गाडीलाई व्यवस्थापन गरि भाडा समेत तिर्ने व्यवस्था गरेका छौं’ क्लबका अध्यक्ष पुनले भन्नुभयो ।
उक्त कार्यका लागि स्थानीय वडाले विशेष सहयोग गरेको थियो ।

वडाअध्यक्ष गौ बहादुर पुनका अनुसार वडाको समन्वयमा गरिएको उक्त मेलालाई पारदर्शी बनाई बचत भएको रकमले विद्यार्थीलाई सहयोग गर्दा उनीहरुको पढाईमा समेत सहयोग पुग्ने बताउनुभयो । क्लबले गरेको सहयोगले विद्यार्थीको पोसाकमा एकरूपता ल्याउन तथा आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूको अध्ययनमा सघाउन पनि सहयोग मिलेको उहाँको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै