• होमपेज
  • प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत
Breaking News

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ ।

साथै, विपक्षमा ७४ मत र  एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

विज्ञापन

दुई तिहाइ बहुमत पुग्नको लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर उनले त्यसको पनि चार मत बढी पाएका हुन् ।

उनलाई एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले विपक्षमा मतदान गरेका छन् ।

यता, प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरूद्धको मुद्दा भने सर्वोच्चको संवैधानिक इजलासमा पुगेको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेशमा उल्लेख छ ।

दुई तिहाइसँगै संविधान संशोधन गर्ने एजेन्डासहित बनेको नयाँ सत्तागठबन्धनलाई अब संविधान संशोधन गर्न स्पष्ट मत पुग्ने भएको छ । तर, संविधानलाई सहमतिको दस्तावेज मानिने भएकाले प्रतिपक्षीलाई मनाउन चुनौतीपूर्ण न हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै