काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत […]
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा […]
सर्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो । सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। ‘प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक […]
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ । प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष निर्वाचन जितेर संसद्मा प्रवेश […]
प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्। शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्। “पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको […]
काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो […]
२१ माघ, काठमाडौँ , मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको माहौल भिन्न रह्यो। पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली पिटेर साथ दिए। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बासुरी धुन बजाएर सुनाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले […]