पर्वत– पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीको माओवादीले आक्रमण गरि हत्या गरेका थिए । प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा […]
पर्वत- यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ। नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएको पर्वतका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो […]
पर्वत । पर्वतको फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले संशोधित आय व्यय पारित गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न नगर सभा तथा हिउँदे अधिवेशनमा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८० र ०८१ को प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ […]
पर्वत । आर्थिक बर्ष २०७५/७६ सालको तत्कालीन अवस्थामा राजश्व लगानी तथा बित्तिय ब्यवस्थापन तर्फ देश भरकै नगरपालिकाहरु मध्ये फलेवास उत्कृष्ट घोषित भएको थियो । त्यसको झण्डै ४ बर्ष पछि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्ति आयोगले सार्वजनिक गरेको अंकभार अनुसार फलेवास पर्वतको मात्र होइन देश भरकै कमजोर नगरपालिका सावित भएको छ । तत्कालीन अवस्थामा आर्थिक बर्ष […]
पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । […]
पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]
पर्वत- पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ। नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो। आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सीमा असार १० गते तोकिए पनि केही मुद्दाहरूमा […]
पर्वत। आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो । बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, स्वास्थ्य, वन तथा वातावरण, बिपत […]
पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ। असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन्। उक्त गाउँमा […]
पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ। फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको […]
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]
पर्वत, जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्यापटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्यापटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो बिद्यालय भएपनि भौतिक संरचनामा […]