Breaking News

भिजिट भिसा र मानव तस्करी प्रकरण:पर्वतका बद्रि तिवारी जसले गृहमन्त्रीसम्मको सेटिङ मिलाउँथे
भिजिट भिसा र मानव तस्करी प्रकरण:पर्वतका बद्रि तिवारी जसले गृहमन्त्रीसम्मको सेटिङ मिलाउँथे

काठमाडौं । मानव तस्करीमा संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अख्तियारले भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडे पनि उनको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्यावमा परीक्षण गरिरहेको छ […]

  • ८ महिना अगाडि
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले नेपाल प्रेसलाई जानकारी दिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा […]

  • ८ महिना अगाडि
“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड
“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड

पर्वत/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार जनताको नजरमा गिरीसकेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत शुक्रबार कुश्मामा आयोजित जनसभामा बोल्दै उहाँले दैनिक रुपमा भईरहेको भ्रष्टाचार र कुशासनका कारण अहिलेका सरकार पतन भएको आरोप लगाउनुभएको छ । “आज मात्रै आएको समाचार हेर्दा […]

  • ८ महिना अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • ८ महिना अगाडि
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार […]

  • ९ महिना अगाडि
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता

पर्वत– पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, […]

  • ९ महिना अगाडि
हल्जुरेको आलु खेती (फोटो फिचर)
हल्जुरेको आलु खेती (फोटो फिचर)

पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ । मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।  तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।

  • ९ महिना अगाडि
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि (शुक्रबार) देखि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्दै छ । यसअघि तराई–मधेस जागरण अभियान सम्पन्न गरेको माओवाादीले भोलिबाट जेठभर ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ सञ्चालन गर्न लागेको हो । अभियानको उद्घाटन बैतडीको पाटनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले गर्नेछन् । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा […]

  • ९ महिना अगाडि
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । […]

  • ९ महिना अगाडि
राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण
राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण

पर्वत १ जेठ : राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न वितरण गरेको हो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष विनोद थापा […]

  • ९ महिना अगाडि
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित

पर्वत – युवा संघ नेपालका कार्यकर्ताबीच भएको झडप र त्यसपछिको राजनीतिक असहज परिस्थितिका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतको १४औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख २७ गतेका लागि तय भएको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। शिक्षक संगठनले जिल्लामा पछिल्ला […]

  • ९ महिना अगाडि
पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ
पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ

पर्वत– पर्वत जिल्लाको प्रहरी प्रशासन आफ्नो काम कर्तव्यमा अडिग रहनुपर्नेमा राजनीतिक दलको ईशारामा चल्न थालेको भन्दै व्यापक बिरोध हुन थालेको छ ।  गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ। अस्पतालको बेडमा […]

  • ९ महिना अगाडि