नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्न अर्को व्यवस्था नहुन्जेलसम्म सेवा स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ।’ प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू […]