समाचार

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरेका हुन्। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड गएका हुन् । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । प्रधानमन्त्री […]

  • १ year अगाडि
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश सामन्तवादी युगमा जान नसक्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले सोधेको राजा फर्किन्छन्? भन्ने प्रश्नमा अध्यक्ष नेपालले अब देश सामन्ती युगमा दास युगमा जान नसक्ने बताएका हुन्। ‘जनताको मनको शासनलाई नमान्ने वंशको शासनमा जाने कुरा हुन सक्दैन,’ उनले भने, ‘संसार […]

  • १ year अगाडि
राप्रपा सांसद दीपक बोहोराको निधन
राप्रपा सांसद दीपक बोहोराको निधन

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको […]

  • १ year अगाडि
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

काठमाडौँ, चैत १९ गते । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ […]

  • १ year अगाडि
पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक
पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक

पोखरा, पोखरामा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा अगाडी बढाइएको छ। शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको अबरोधका कारण स्थान परिबर्तन गरेर पोखरा महानगरपालिका -१७ बिरौटा चोक नजिकैको जग्गामा उक्त कोटीहोम महायज्ञ गर्न लागिएको हो। सदा शिबजी […]

  • १ year अगाडि
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती

काठमाडौं । विगतमा ललितपुरको बालकुमारीमा तत्कालीन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आक्रमण भयो । प्रहरीले उनलाई जोगाउन हर सम्भव प्रयास गर्‍यो । अराजक भीडले प्रहरी माथि आक्रमण गर्‍यो । प्रहरी घाइते भए । तर सरकारले तुरुन्तै फिल्डमा खटिएका डिएसपी उमेस लम्सालमाथि कारबाही गर्‍यो । प्रहरी प्रमुख सिद्धि विक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्यो । […]

  • १ year अगाडि
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु

शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो। शुक्रबार राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो। राजावादीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी […]

  • १ year अगाडि
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याइएको छ। उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ। राजावादी समूहले निषेधित […]

  • १ year अगाडि
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान

काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका […]

  • १ year अगाडि
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा […]

  • १ year अगाडि
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • १ year अगाडि