राजनीति

माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्
माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन उनको आग्रह थियो । एकीकृत समाजवादी […]

  • १ महिना अगाडि
विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव
विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसद् क्रान्तिको साधन मात्रै भएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्‌मा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताए । आफूलाई संसद्‌मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइए पनि त्यो कहिल्यै सफल नहुने उनले बताए । ‘हाम्रो पार्टीबारे बजारमा हल्ला चलिरहेको छ, […]

  • १ महिना अगाडि
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा लिखिज जवाफ पेश परेका छन्। उनले मन्त्रिपरिषदमा पेस हुने प्रस्ताव कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा निर्णय हुने गरेको उल्लेख गरेका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा पूर्वप्रधानमन्त्री नेपालले असल मनसायका साथ उक्त […]

  • १ महिना अगाडि
अनेरास्ववियूको अध्यक्षमा आरती लामा
अनेरास्ववियूको अध्यक्षमा आरती लामा

काठमाडौ । नेकपा एकीकृत समाजवादीनिकट अनरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिइन् । बैठकले हालका अध्यक्ष सुदेश पराजुलीलाई विदा गरेको छ । यस्तै महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

  • १ महिना अगाडि
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ […]

  • २ महिना अगाडि
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् । मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे । प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, […]

  • २ महिना अगाडि
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो । ‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा […]

  • ३ महिना अगाडि
‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’
‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने दाबी गरेका छन् ।विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका हुन् । ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ,’ उनले भने, ‘जलहरी काण्ड, भुटानी […]

  • ४ महिना अगाडि
एमाले स्थायी कमिटी सदस्य मणि थापा विप्लवको पार्टीमा प्रवेश गर्दै
एमाले स्थायी कमिटी सदस्य मणि थापा विप्लवको पार्टीमा प्रवेश गर्दै

नेकपा एमाले स्थायी कमिटी सदस्य मणि थापा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्। पछिल्लो दिन एमालेमा बिदा स्वीकृत गराएर सार्वजनिक कार्यक्रममा नदेखिएका उनले विप्लवसंग पटकपटक छलफल गरिसकेका छन्। ‘एमालेमा केही मिल्दैन, त्यहाँ बस्न सकिन्न। म अन्ततः यतै हो भन्नू भएको छ,’ विप्लव निकट केन्द्रिय सदस्य बिपिन सीले […]

  • ४ महिना अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

  • ७ महिना अगाडि
राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित
राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित

राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिका लागि सातै प्रदेशका प्रदेश सांसद र संघीय संसदका दुवै सदनका सांसदहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ५९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये […]

  • ७ महिना अगाडि
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सदस्यहरू मतदाता हुने कानूनी व्यवस्था छ । सोअनुसार माओवादी केन्द्र निर्णायक दल बनेको छ । निर्वाचन आयोगले तयार पारेको दलहरूको प्रतिनिधि संख्या र मतभार हेर्दा प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १६ र सातै प्रदेशमा गरी ८२ सिट भएको माओवादी केन्द्र निर्णायक हुने देखिएको हो । […]

  • ७ महिना अगाडि