केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए। सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र […]