पर्वत बिशेष

पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय पर्वतले […]

  • १ year अगाडि
महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो
महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय”तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०” सम्पन्न भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा यहीँ मंसिर २८ गतेदेखि संचालन भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो । तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिताको शिल्ड महाशिला-३ बालाकोट स्थित बालारानी माबिले जितेको छ । प्रतियोगितामा गोरल्याङधाम आ.वि, महाशिला- १, दित्तिय, महेन्द्र ज्योति […]

  • १ year अगाडि
नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि तथा अतिथिहरुहरुको व्यवस्थापन लगायत सवैजसो तयारी भैरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार प्रथम […]

  • १ year अगाडि
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …

पर्वत । पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकले विद्यार्थी केसीलाई कुटपिट गर्दा उनको आँखामा चोट लाग्नुका साथै शरीरको अन्य ठाउँमा पनि चोट लागेको परिवारले जनाएको इलालटिन डटकमले समाचार लेखेको छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका […]

  • १ year अगाडि
मोदीमा भोलि सार्बजनिक बिदा
मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो । स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा […]

  • १ year अगाडि
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गरेका हुन । यही मंसिर २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा वडास्तरीय भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, भजन, रत्यौलीलगायतका कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक […]

  • १ year अगाडि
कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • १ year अगाडि
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो

पर्वत  । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रवार जिल्लाका संचाकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरु बीच शुभकामना आदान प्रदानका साथै कार्यालयले गत ३ महिनामा गरेका कार्यहरुको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले चाडबाडको […]

  • १ year अगाडि
ठूलीपोखरीमा शुभकामना आदानप्रदान
ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी […]

  • १ year अगाडि
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा

पर्वत-समाजवादी मोर्चा नेपाल, जिल्ला संयोजन समिति पर्वत गठन गरि घोषणा गरिएको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति गठन गरिको हो । समितिमा नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण विश्वकर्मा, जनता समाजवादीबाट […]

  • १ year अगाडि
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा

पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा हाल स्विटजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य […]

  • १ year अगाडि
घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट
घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट

पर्वत : ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि.’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ। कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दसैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा […]

  • १ year अगाडि