पत्रपत्रिका

कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • ३ महिना अगाडि
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

ग्रामीण कृषि विकास सहकारीमा झण्डै १० करोड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीमा २९ करोड र माता पाथीभरा सहकारीमा ११ करोड रुपैयाँ हिनामिना गरेको सम्बन्धि पत्रकार प्रकाश बरालले तयार गरेको समाचार हामीले इकान्तिपुर डटकमबाट लिएका छौं । पर्वत — लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण […]

  • ३ महिना अगाडि
पर्वतको कुश्माका एकै घरका दिदीबहिनीको स्कटल्यान्डमा भएको आगलागीमा परि मृत्यु
पर्वतको कुश्माका एकै घरका दिदीबहिनीको स्कटल्यान्डमा भएको आगलागीमा परि मृत्यु

पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरी घर भई स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभयो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व […]

  • ३ महिना अगाडि
अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय
अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय

पोखरा/ स्थापनाको छोटो समयमानै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो । विश्वविद्यालयले […]

  • ३ महिना अगाडि
राष्ट्रिय सभा निर्वाचन: १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना र एमालेका १ उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन: १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना र एमालेका १ उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका […]

  • ३ महिना अगाडि
पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने
पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने

पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनले कार्यकर्तामा आएको निराशालाई उत्साहमा परिणत गर्ने, विगतमा पार्टीले गरेको कार्यसम्पादनको समीक्षा […]

  • ४ महिना अगाडि
ठगी आरोपमा सञ्चालक सहित छ जना कारागार चलान
ठगी आरोपमा सञ्चालक सहित छ जना कारागार चलान

पर्वत- बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जनालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ यो समाचार ntvonline.com ले प्रकाशित गरेको छ। आइतबार पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले प्रहरीको हिरासतमा रहेका सवै […]

  • ४ महिना अगाडि
सहकारी ठगी प्रकरण : कुश्माका कार्यकारी अधिकृत पराजुलीसहित ४ जना जेल चलान
सहकारी ठगी प्रकरण : कुश्माका कार्यकारी अधिकृत पराजुलीसहित ४ जना जेल चलान

पोखरा । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुश्मा प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई जिल्ला अदालत कास्कीका न्यायधीश ऋषिराज आचार्यको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने […]

  • ४ महिना अगाडि
२ जना मृतावस्थामा फेला
२ जना मृतावस्थामा फेला

धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्र बहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धादिङको सिद्धलेख गाउँपालिका-२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सोही गाउँपालिका-४ धारापानीस्थित खोल्सीमा  मृत अवस्थामा फेला परेकी छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक […]

  • ४ महिना अगाडि
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुली आफ्नै कार्यकक्षबाट पक्राउ परेका छन् । कास्किमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको अभियोगमा पूर्व रजिष्ट्रार पराजुलीलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा […]

  • ४ महिना अगाडि
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु

नवलपुर — जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-१ मा सासूबुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला […]

  • ५ महिना अगाडि
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण

म्याग्दी, ५ पुस । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो […]

  • ५ महिना अगाडि