पत्रपत्रिका

समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • ५ दिन अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । भुपु सैनिकहरुको एकता र आपसी सहयोग आदानप्रदान गर्ने र सहकारीको माध्यमद्वारा सबल बनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । संस्थाको साधरण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी […]

  • ५ दिन अगाडि
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार […]

  • १ हप्ता अगाडि
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा

पर्वत,नेकपा (एमाले) को आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया पर्वतमा तीव्र विवादमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच केन्द्रीकृत रूपमा बढ्दै गएको प्रतिस्पर्धाको असर जिल्ला तहमा समेत देखिएको हो। पर्वतमा पोखरेल पक्षमा खुलेर क्रियाशील रहँदै आएका पूर्वमन्त्री विकास लम्साललाई प्रतिनिधि जाने बाटो रोकिएपछि जिल्ला कमिटीभित्रको मतभेद सतहमै […]

  • २ हप्ता अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विहीवार अपरान्ह ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्। सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने […]

  • ३ महिना अगाडि
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले रातोपाटीलाई बतायो । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ […]

  • ३ महिना अगाडि
३ करोडभन्दा कम लागतका टुक्रे आयोजना कार्यान्वयन नहुने
३ करोडभन्दा कम लागतका टुक्रे आयोजना कार्यान्वयन नहुने

  काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसबाट […]

  • ३ महिना अगाडि
कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ
कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । जिल्ला […]

  • ३ महिना अगाडि
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन् । कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी । २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले […]

  • ३ महिना अगाडि
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं : अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् । आज बेलुका शितल निवासमा भएको नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष उपस्थित नभएका हुन्। सभामुख सचिवालयले सुरक्षाका कारण सहभागी नभएको जनाएको छ। सपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य पनि […]

  • ३ महिना अगाडि
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं —लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

  • ३ महिना अगाडि
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गरेका छन्। २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् । उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन […]

  • ३ महिना अगाडि