मोदी गाउँपालिका

मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • ३ महिना अगाडि
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता

पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली  र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा […]

  • ४ महिना अगाडि
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • ५ महिना अगाडि
मोदीमा भोलि सार्बजनिक बिदा
मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो । स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा […]

  • ८ महिना अगाडि
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गरेका हुन । यही मंसिर २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा वडास्तरीय भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, भजन, रत्यौलीलगायतका कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक […]

  • ८ महिना अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • ११ महिना अगाडि
राम्जा देउराली वडा कार्यालयमा तोडफोड
राम्जा देउराली वडा कार्यालयमा तोडफोड

पर्वत । पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । शुक्रबार रातीको समयमा वडा कार्यालयको ताला फोडेर महत्वपूर्ण कागजातहरु नष्ट गरेको वडा अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयसँगै रहेको पशु सेवा शाखामा समेत तोडफोड गरि सामानमा क्षती पु¥याएकाछन् । तोडफोड गर्नेको पहिचान नभएको र […]

  • १ year अगाडि
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • २ years अगाडि
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा […]

  • ३ years अगाडि
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै

पर्वत – पर्वतको मोदी गाउँपालिकाले श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको छ । पालिकाभित्रका श्रम गरेर खाने विपन्न परिवारको हकहितको लागि श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको हो । गाउँपालिका भित्र रहेका दक्ष तथा अर्धदक्ष मजदुरहरुलाई संगठित गरी उनिहरुको आर्थिक स्तरमा सुधार ल्याउने उद्धेश्यले कल्याणकारी कोष स्थापना गर्न लागिएको पालिकाले जनाएको छ । मजदुरले मासिक […]

  • ३ years अगाडि
मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण
मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण

पर्वत । मिलन फाउन्डेशन नेपालबाट जाडोको पोसाक वितरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनले जानकारी दिए । मिलन ट्रस्ट २०७४ की संरक्षक एवं दुर्गा गुरुङ मिलनका आमा सावित्रीकुमारी गुरुङले ४६ विद्यार्थी र ११ शिक्षक/शिक्षिकालाई स्वीटर, टोपी र […]

  • ४ years अगाडि
पर्वतको मोदी गाउँपालिकामा पाँच दिन ‘लक डाउन’
पर्वतको मोदी गाउँपालिकामा पाँच दिन ‘लक डाउन’

पर्वतको मोदी गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन पाँच लक डाउन गरिने भएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना संक्रमित ब्यक्तिको सम्पर्क पहिचान(कन्ट्रयाक्ट टे«सिङ्ग’ को काम भैरहेकाले समुदायमा संक्रमण फैलन नदिन सोमबार राती १२ बजे देखि पाँच दिन लक डाउन गर्न लागिएको हो । मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिन सम्म […]

  • ४ years अगाडि