Breaking News

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

  • २ years अगाडि
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ३५ औं  ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् […]

  • २ years अगाडि
राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित
राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित

राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिका लागि सातै प्रदेशका प्रदेश सांसद र संघीय संसदका दुवै सदनका सांसदहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ५९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये […]

  • २ years अगाडि
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिवराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको […]

  • २ years अगाडि
आईसीसी लिग–२ : नेपाल चारै खेलका विजयी
आईसीसी लिग–२ : नेपाल चारै खेलका विजयी

काठमाडौं। कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलका जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौंथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई […]

  • २ years अगाडि
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पर्वतको जलजला गाउँपालिकाको माझफाँट आउनुहुने भएको छ । जलजला गाउँपालिकाको वडा नं. ३ माझफाँटमा रहेको घर्ती क्षेत्री समुदायको कुल मन्दिरको उद्घाटन गर्न आउन लाग्नुभएको हो । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा रहेको कुल मन्दिर उद्घाटन साथै पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल हम्पालको […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सदस्यहरू मतदाता हुने कानूनी व्यवस्था छ । सोअनुसार माओवादी केन्द्र निर्णायक दल बनेको छ । निर्वाचन आयोगले तयार पारेको दलहरूको प्रतिनिधि संख्या र मतभार हेर्दा प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १६ र सातै प्रदेशमा गरी ८२ सिट भएको माओवादी केन्द्र निर्णायक हुने देखिएको हो । […]

  • २ years अगाडि
१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री
१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमवार दिउँसो पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमतिमा जोड दिए । प्रदेश […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू […]

  • २ years अगाडि
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

  • २ years अगाडि
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताएका छन्। राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताएका हुन्। ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः […]

  • २ years अगाडि
प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा
प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा

महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्। वीरेन्द्रनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्। निर्वाचनका समयमा रहेको […]

  • २ years अगाडि