समाचार

शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा
शोक मनाउन नवलपरासीका ५ स्थानीय तहमा बिदा

परासी : नवलपरासीमा रहेका ५ स्थानीय तहमा आज शोक बिदा दिइएको छ । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको शोकमा स्थानीय तहले बिदा दिएको सूचना निकालेर जनाएका छन् । जिल्लामा ७ पालिका छन् । सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाबाहेक सबै स्थानीय तहले सूचना निकालेर शोक बिदा दिएको जनाएका हुन् । सुनवल र […]

  • ४ हप्ता अगाडि
काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक
काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक

काठमाडौँ, २४ भदौ : काठमाडौंको कलंकीमा आज (मंगलबार) बिहानै टायर बालेर प्रदर्शन सुरु गरिएको छ । सोमबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि राजधानी काठमाडौं आज बिहानैदेखि प्रदर्शन सुरु भएको हाे । स्थानीयहरु घर-घरबाट निस्केर टायर बालेर सरकारविरोधी प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरू सरकारविरुद्ध आक्रोशित […]

  • ४ हप्ता अगाडि
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

  • ४ हप्ता अगाडि
जेनजी प्रदर्शन : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन
जेनजी प्रदर्शन : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् । काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन […]

  • ४ हप्ता अगाडि
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु […]

  • ४ हप्ता अगाडि
रसुवा र तातोपानी दुवै नाका बन्द भएपछि लोमान्थाङबाट सामान आउँदै
रसुवा र तातोपानी दुवै नाका बन्द भएपछि लोमान्थाङबाट सामान आउँदै

२४ असारदेखि रसुवा र साउन दोस्रो सातादेखि तातोपानी नाका पनि अवरुद्ध भएपछि व्यापारीहरू मुस्ताङको लोमान्थाङ नाकामा केन्द्रित हुन थालेका छन्।चिनियाँ क्षेत्रमा क्यारिङ गर्दै आएको स्टार कस्टम क्लियरेन्स एजेन्टले दुई महिनादेखि अड्किएका कन्टेनर लोमान्थाङ लाने तयारी गरेको चिनियाँ कम्पनी आडो ट्रान्सपोर्टले जानकारी दिएको छ । केरुङ, न्यालम, दिङ्ग्रीलगायतमा अड्किएर बसेका कन्टेनर तिब्बत क्षेत्रको सागा भन्ने बाटोबाट […]

  • १ महिना अगाडि
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ। १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन्। तुँदीपावर कम्पनीले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र संयुक्त ऊर्जा लिमिटेडको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक […]

  • १ महिना अगाडि
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमा समूहगत छलफल जारी रहेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि एमालेको दोस्रो विधान महाधिवेशन जारी छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री […]

  • १ महिना अगाडि
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने
पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

फलेवास- पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ । उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न […]

  • १ महिना अगाडि
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै
पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

काठमाडौं।पर्वत समाजले काठमाडौं साउन ३१ गते शनिबार बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहनुभएका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवा शनिबार ११ बजेदेखि […]

  • २ महिना अगाडि
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा

सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो । २४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको […]

  • २ महिना अगाडि
युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
युवा संघको काभ्रे जिल्ला अधिवेशन :  विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष […]

  • २ महिना अगाडि