देश/प्रदेश

पर्वत मिडिया समिट २०२५ सम्पन्न: मिडियाको दिगो संचालनमा सरोकारवालाको जोड
पर्वत मिडिया समिट २०२५ सम्पन्न: मिडियाको दिगो संचालनमा सरोकारवालाको जोड

पर्वत– पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं पर्वत शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्वतमा पत्रकारिताको विकास, वर्तमान अवस्था र चुनौती […]

  • ९ घन्टा अगाडि
उत्कृष्ट टोल विकास संस्थालाई जलजला गाउँपलिकाको सम्मान
उत्कृष्ट टोल विकास संस्थालाई जलजला गाउँपलिकाको सम्मान

पर्वत । जिल्लाको जलजला गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट टोल विकास संस्था र उत्कृष्ट वडा विकास सहजकर्तालाई सम्मान गरेको छ । जलजला गाउँपालिकामा सञ्चालनमा रहेका १३९ वटा टोल विकास संस्थाले चालू आ.व.मा गरेको कार्यसम्पादनको आधारमा मूल्याङ्कनका २७ सूचकको आधारमा सर्वोत्कृष्ट एक र उत्कृष्ट हुने ८ वटा टोल विकास संस्थालाई नगद सहित सम्मान पत्रले सम्मान गरियो। त्यस्तै […]

  • ३ दिन अगाडि
युवा संघ पर्वतमा कुटपिट घटना: छानबिन समितिले ६५ जनासँग लियो बयान
युवा संघ पर्वतमा कुटपिट घटना: छानबिन समितिले ६५ जनासँग लियो बयान

पर्वत ।  चैत २४ गते युवा संघ पर्वतको अधिबेशनको क्रममा भएको दुई समुह बिचको झडपको छानबिन गर्न गठित समितिले पर्वतका दुई समुहका नेता कार्यकर्ताहरुको छुट्टाछुट्टै बयान लिएको छ । पार्टी अध्यक्ष गोबिन्द पहाडी लगायत संस्थापन पक्षका नेताहरुलाई पार्टी कार्यालयमा र संस्थापन इतर समुह पार्टी कार्यालय नगएपछि स्थानीय रोयल कुश्मा होटलमा बयान लिइएको हो । नेकपा […]

  • ३ दिन अगाडि
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न

पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगर्ने हो भने सिंगो गण्डकी प्रदेशकै भविष्यमाथि खेलवाड हुँने बताउँदै यस यसको संरक्षण […]

  • १ हप्ता अगाडि
कालीगण्डकी तटिय क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्दन गर्न गण्डकी प्रदेश सरकार तयार छ मन्त्री बस्याल
कालीगण्डकी तटिय क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्दन गर्न गण्डकी प्रदेश सरकार तयार छ मन्त्री बस्याल

पर्वत । धार्मिक, सांस्कृतिक र शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्ने उद्धेश्यले तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम थालिएको छ । तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटदेखि मुक्तिनाथ मन्दिरसम्म रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य […]

  • १ हप्ता अगाडि
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको १४औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम बिजयी भएकाछन् । शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रतिष्पर्धी इन्द्र प्रसाद शर्मालाई ४ मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । गौतमले १ सय ५६ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धि शर्माले १ सय ५२ मत प्राप्त गरेका […]

  • १ महिना अगाडि
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको छ । जिल्लामा एमालेमा देखिएको गुटको असर शिक्षकसम्म पनि झांङ्गिएको छ । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र पुर्व मन्त्री पदम गिरीले नेतृत्व गरेका समुहहरुले शिक्षकहरुको अधिवेशनमा पनि तल्लो तहसम्म गुटको अभ्यास गर्दै आएका थिए […]

  • १ महिना अगाडि
युवा संघको अध्यक्ष क्षितिज थेबे निर्वाचित
युवा संघको अध्यक्ष क्षितिज थेबे निर्वाचित

पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत […]

  • १ महिना अगाडि
पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक
पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक

पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण कार्य, सुधार र सेवा विस्तारका बुँदाहरू प्रस्तुत गर्दै आगामी नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो। “आजको यो उपलब्धि मेरो मात्र होइन, सबैको साझा […]

  • १ महिना अगाडि
अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाले गरे संयुक्त अभिनन्दन
अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाले गरे संयुक्त अभिनन्दन

पर्वत — पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यवसायिक र नागरिक संस्थाहरूको संयुक्त अभिनन्दन गरिएको छ। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग )जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशीता तथा गणतन्त्र स्थापनामा पुर्‍याएको योगदानको […]

  • २ महिना अगाडि
“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड
“अहिलेको सरकार जनताको नजरमा गिरीसकेको छ”-माओवादी अध्यक्ष प्रचण्ड

पर्वत/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार जनताको नजरमा गिरीसकेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत शुक्रबार कुश्मामा आयोजित जनसभामा बोल्दै उहाँले दैनिक रुपमा भईरहेको भ्रष्टाचार र कुशासनका कारण अहिलेका सरकार पतन भएको आरोप लगाउनुभएको छ । “आज मात्रै आएको समाचार हेर्दा […]

  • २ महिना अगाडि
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना […]

  • २ महिना अगाडि