• होमपेज
  • पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ
Breaking News

पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ

पर्वत– पर्वत जिल्लाको प्रहरी प्रशासन आफ्नो काम कर्तव्यमा अडिग रहनुपर्नेमा राजनीतिक दलको ईशारामा चल्न थालेको भन्दै व्यापक बिरोध हुन थालेको छ ।  गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ।

अस्पतालको बेडमा भेटघाट गर्न जानेहरुसँग उहाँले पर्वतमा प्रहरी, प्रशासन छ कि छैन, कि निदाएर बसेको छ भन्दै प्रश्न गर्नुभएको छ । पार्टी कार्यालयमै धारिलो बस्तु प्रयोग गरी आफु लगायत अन्य साथीहरुलाई मरणासन्न हुनेगरी आक्रमण गर्ने दोषीलाई अहिलेसम्म पनि पक्राउ गर्न नसकेको उहाँको गुनासो छ । पौडेलले घटना घटेको तीन दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन नसकेको भन्दै यस्तो निकम्मा प्रहरी प्रशासनवाट न्यायको आशा गर्नु उचित नहुने बताउनुभयो ।

विज्ञापन

उहाँले आफुलाई न्याय दिलाउनका लागि पत्रकार तथा मानवअधिकारकर्मीहरुसँग समेत आग्रह गर्नुभएको छ । गत बुधवारै पौडेल सहित अन्य युवाहरुमाथि हातपात गर्ने तीन जना बिरुद्ध प्रहरीमा उजुरी परेको थियो । तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन । दोषिलाई पक्राउ गरेर कारबाही नगरी प्रहरी प्रशासनले थप पश्रय र संरक्षण दिएको उहाँको आरोप छ ।

उहाँको अहिले पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । पौडेलको टाउको र हातमा गम्भीर चोट लागेको छ । नेकपा एमाले निकट युवा संघको नबौ अधिवेशनका लागि आयोजित विस्तारित भेलामा दुई पक्षबीच झडप हुँदा पौडेल सहित भरत सुवेदी, घाइते हुनुभएको थियो । सोहि घटनामा पर्नुभएका एमाले जिल्ला अध्यक्ष सोहि दिन सामान्य उपचारपछि नियमित काममा फर्किनुभएको छ । घटनापछि एमालेका विभिन्न संगठन तथा युवा संघले विज्ञप्ती निकाल्दै घोर भत्र्सना गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले आफुसमक्ष जाहेरी आईनपुगेको दावी गर्नुभएको छ । आफु दक्षिण पर्वततिर कक्षा १२ को परिक्षा अनुगमनमा रहेको र अहिलेसम्म जाहेरी आईनपुगेको उहाँको भनाई छ ।

युवा संघका अध्यक्ष बिनोद थापाले बुधवारनै जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरी निरिक्षकलाई जाहेरी बुझाईएको बताउनुभएको छ । लोकतन्त्रअनलाईनबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै