• होमपेज
  • गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने
Breaking News

गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि  महायज्ञ आयोजना गरिने भएको छ ।

विद्यालयमा अंग्रेजी र संस्कृत माध्यमका कक्षा संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ ।

विज्ञापन

निजि श्रोतवाट राखिएका शिक्षकहरुलाई मासिक तलब सुविधा भुक्तानी गर्न लगायत विद्यालयकौ चौतर्फि स्तरोन्नतीका लागि आर्थिक अभाव भएपछि महायज्ञ गर्नुको विकल्प नदेखिएको विद्यालयका प्रद्यानाध्यापक गुणराज पौडेलले जानकारी दिनुभयो ।

कक्षा १२ सम्म संचालित पाङधैरेनी माध्यमिक विद्यालयमा दुई सय साठी जना विद्यार्थी रहेका छन् । उहाँका अनुसार महायज्ञका रु. दुई करोड भन्दा बढि संकलन गर्ने लक्ष राखिएको छ । आगामी माघ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको समुद्घाटन अनन्तश्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले गर्नुहुने भएको छ ।

९ दिनसम्म संचालन हुने महायज्ञमा आचार्य श्री चैतन्यकृष्ण महाराजले कथा प्रवचन गर्नुहुने कार्यक्रम रहेको आइतवार कुश्मामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।

अहिलेसम्म महायज्ञ संचालनका लागि एक हजार दुई सय जना भन्दा बढि आयोजक सदस्य बनिसकेका छन् । आयोजक सदस्य बन्नका लागि  पाँच हजार एक सय तोकिएको छ । झण्डै दुई हजार आयोजक बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

उक्त विद्यालयले यस अघि २०५८ सालमा पनि महायज्ञ संचालन गरेको थियो । त्यो बेला संचालन गरेको महायज्ञवाट आजसम्म विद्यालय संचालन गर्न सफल भएको अध्यक्ष रिजाललले बताउनुभयो । महायज्ञमा आर्थिक तथा भौतिक सम्पत्ति दान गर्ने दानदाताहरुलाई छुट्टाछुट्टै सम्मान गर्ने व्यवस्था समेत मिलाईएको उहाँको भनाई छ ।

महायज्ञलाई कथा प्रवचनमा मात्र सिमीत नराखि पाङ शैक्षिक तथा आध्यात्मिक महोत्सवको रुपमा समेत विकास गरिने भएको छ । महायज्ञमा हरेक दिन विहान ७ बजेदेखि रातीसम्म पुर्जा अर्चना, कथाबाचन, मानसम्मान तथा भजनकृतन गरिने छ ।

यसका अलवा  विभिन्न झाँकीहरु प्रदर्शनका साथै श्रृङ्गारिक महाआरती समेत संचालन गर्ने आयोजकको तयारी छ । यसका साथै पाङ संस्कृत शिक्षा र ज्योतिष शिक्षाको लागि प्रख्याती कमाएको ठाउँ भएकाले संस्कृत गुरुकुल शिक्षा साथै ज्योतिष शिक्षा समेत पठनपाठन हुने गरि तयारी थालिएको आयोजकको भनाई छ ।

पाङ पार्वतिको पवित्र जन्मभूमिको रुपमा रहेको र सो क्षेत्रको प्रचार प्रसार नहुँदा पछि परेकाले पाङ्ग क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन एवम् धार्मिक विकासका लागि पनि महायज्ञले महत्वपुर्ण भूमिका खेल्ने उहाँको भनाई छ । महायज्ञमा सहाभागि भएर इच्छाअनुसारको दानगर्न, कथा प्रवचन गर्न समेत आयोजकले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै